Breaking News
Loading...
Thursday, August 15, 2013

‘चेन्नाई एक्सप्रेस’ किङ खानको अर्को धमाका, सबै रेकर्ड ब्रेक

बलिउडका किङ खान/शाहरुख खानले बलिउडमा भएको अहिलेसम्मको सबै रेकर्ड तोडि दिएका छन् । शाहरुख अभिनित रोहीत सेट्ठीको चलचित्र ‘चेन्नाई एक्सप्रेस’ले तीनदिनमा सय करोड क्लबमा पारेर बलिउडको बक्स अफिसको रेकर्डमा आफूलाई उभ्याएको छ । शुक्रबार देखि रिलिज भएको उक्त फिल्म इदको अवसर पारेर प्रर्दशन गरिएको थियो ।
यसअघि सलमान खानको चलचित्र एक था टाइगरले प्रर्दशनको दिनमै ३२ करोढ भारतीय रुपैयाँ संकलन गरेको थियो । उक्त रेकर्डलाई अर्का किङ खानको चेन्नाई एक्सप्रेसले शुक्रबारै ३३. १२ करोड कलेक्सन गरी रेकर्ड तोडीदिएका छन् । फिल्म रिलिज भएको तीनदिन भित्रै ६७. ९२ करोड भारतीय रुपैयाँ कलेक्सन गरेको यो फिल्मले तीनदिनमै सयकरोडको क्लबमा उभ्याउने पक्का छ । कमेडी र एक्सनमा अधारित उक्त फिल्ममा शाहरुख खान र दिपिका पादुकोणको मुख्य भूमिका छ । फिल्म कमेडी र एक्सनमा आधारित छ ।

0 comments:

Post a Comment

Copyright © 2012 Dreamsansar.com All Right Reserved
Designed by Suman Ranabhat