Breaking News
Loading...
Thursday, September 26, 2013

राजधानीमा गोली चल्यो, एक घाइते

राजधानीको व्यस्त मानिने जोरपाटीमा अज्ञात समूहको गोली लागि एक जना घाइते भएका छन् । जोरपाटीस्थित सुवास पार्टीप्यालेसको पछाडि भएको गोली प्रहारबाट भारत मोतीहारीका मोहम्मद मनसुल्ला घाइते भएका छन् ।
कपडा सिलाइको काम गर्ने मनसुल्लाको खुट्टा र पेटमा २–२ गोली लागेको महानगरिय प्रहरी प्रभाग वौद्धले जनाएको छ । उनलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । घटनाको अनुसन्धान भइरहेको छ ।
प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलमा आएका दुई जनाले करिब ९ बजे गोली प्रहार गरेका हुन् । गोली चल्नुको कारण थाहा हुन सकेको छैन ।

0 comments:

Post a Comment

Copyright © 2012 Dreamsansar.com All Right Reserved
Designed by Suman Ranabhat