Breaking News
Loading...
Thursday, August 15, 2013

‘श्रृजना’को ‘वरदान’ यस्तो छ (भिडियो)

 ‘वरदान हो की श्राप यो, पुण्य हो की पाप हो’ गायक यम बराललाई अझै थाहा छैन । उनले भर्खर एक भिडियो सार्वजनिक गरेका जहाँ सर्वत्र परिचित मायालाई आफुले बुझ्दै नबुझेको बताएका छन् । हाल अमेरिकामा रहेका चर्चित गायम बरालले आफ्नो एल्बम ‘श्रृजना’मा समावेश ‘वरदान’ बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन् । यो भिडियोलाई एनपिन्यूज डटनेटले सार्वजनिक गरेको हो । स्वर तथा संगीत यम बरालको रहेको सो गीतमा श्रृजना प्रधान ह्योजुको रचना रहेको छ।
एशियन म्यूजिक अडियो व्यबस्थापन गरेको सो गीतको भिडियोलाई भने प्रसन्न पौडेलको निर्देशनमा लाईमलाईट इन्टरटेन्मेण्टले भिडियो तयार पारेको छ । बिमलेश र श्रृष्टीको अभिनय रहेको यस गीतमा एउटा प्रेम कथा समावेश गरिएको छ । अञ्जानमै बसेको मायालाई बिमलेश र श्रृष्टीले आफ्नो अधिनमा लिएका छन् । विदुर पाण्डेले छायांकन गरेको यो भिडियोलाई टेकेन्द्र शाहले संपादन गरेका हुन् ।

0 comments:

Post a Comment

Copyright © 2012 Dreamsansar.com All Right Reserved
Designed by Suman Ranabhat