हराएको ८ सय वर्ष पुराने चित्र फर्काइयो
सम्भवतः नेपालको सबैभन्दा पुरानो चित्रिकला सिंहदरबार परिसरमा रहेको राष्ट्रिय अभिलेखमा थियो ।
चित्र अचानक त्यहाँ देखिन छाड्यो । कहिले हरायो, कसले चोर्यो, कहाँ पुर्याइयो, केही पत्ता थिएन ।
अचानक गत मार्चमा अमेरिकाको न्युयोर्कमा भेटियो, करिब ८ सय वर्ष पुरानो उक्त चित्र ।
त्यो पनि सामान खरिदविक्री गर्ने अन्तर्राष्ट्रिय व्यवसायीक संस्था ‘क्रिस्टी’ले लिलामीमा राखेर ग्राहक खोज्दै गर्दा ।
अमेरिकामा रहेका नेपालीले देखेपछि शंका लागरे दूतावासलाई खबर गरेपछि उक्त चित्रको इतिबृत्त छानविन गरियो र काठमाण्डौ फर्काएको आजको नागरिक दैनिकमा खबर छ ।
सबै प्रक्रिया पुर्याएर बल्ल पाँच महिनापछि शुक्रवार उक्त चित्र परराष्ट्र मन्त्रालयले राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गरेको छ ।
‘यो दुर्लभ चित्रकला हो, यसको मुनै मूल्य हुँदैन, हराएको वर्षौपछि शुक्रवार चित्रकला हातपार्दा राष्ट्रिय अभिलेखालयका प्रमुख प्रकाश दर्नालले खुसी हुँदै भने,’सवैको प्रयासले नेपाल ल्याउन सकियो ।’
शुक्रवार राष्ट्रिय अभिलेखालयले हात पारेको ६ वटा चित्रकला १३ औँदेखि १६ औँ शताब्दीमा कोरिएका हुन् । छ वटै चित्रकला त्यतिबेला लेखिएका हस्तलिखित पुस्तकका गाता हुन् । गाता कागतकाे होइन् । पातलो काठबोर्डको । बोर्डमा विभिन्न हिन्दु देवताका चित्र कोरीएका छन् ।
0 comments:
Post a Comment