गुन्डा नाइके चक्रेलाई अस्पताल लान नियम मिची चलखेल

महानगरीय प्रहरी आयुक्त कार्यालयले गरेको छानविनमा जेल प्रशासनको कमजोरी भेटिएपछि दोषी प्रहरीलाई कारबाहीको सिफारिस गरिएको छ । जेलका कैदीलाई वीर अस्पताल लैजाने गरिएको भएपनि चक्रेलाई भने उनकै इच्छा अनुसार शिक्षण अस्पताल पठाइएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । शिक्षण अस्पताल चक्रेकै क्षेत्र भएकाले उनी त्यहाँ गएको प्रतिवेदनमा लेखिएको छ ।
चक्रेले जेलमै बाहिरबाट साथीहरु बोलाएर जन्मदिनको पार्टी दिएको तथा प्रहरी अधिकारीले फोटो खिचेको घटनाको सम्बन्धमा गठन गरिएको छानबिन समितिले जेलाका सुरक्षा प्रमुख डिएसपी रमेश खड्काको समेत अनुगमनको कमजोरी रहेको औँल्याएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख विजयलाल कायस्थ संयोजकत्वको छानविन समितिले अन्य ६ प्रहरीलाई भने विभागीय कारबाहीको सिफारिस गरेको छ ।
0 comments:
Post a Comment