Breaking News
Loading...
Sunday, September 15, 2013

जाजरकोटमा भेटियो हतियारहरु को गोदाम

जाजरकोट, भदौ ३० – प्रहरीले जाजरकोटमा लुकाईछिपाई राखेको ठुलो परिणामको हतियार बरामद गरेको छ ।
प्रहरीले आईतवार खलंगा ८ स्थित रानिबनबाट थ्रि नट थ्रि राईफल ४४ थान र टुईन्च मोर्टार १ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
प्रहरीले पत्रकार सम्मेलन गरेर सबै हतियार सार्वजनिक पनि गरेको छ ।
सुराकीमा आधारमा अनुसन्धान गर्न गएको प्रहरीको टोलीले जंगलमा बोरामा पात पतिंगरले छोपेर राखेको अवस्थामा हतियार बरामत गरेको प्रहरी नायव उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो ।
हतियार कसले लुकाएको हो भन्ने पत्रकारको प्रश्नमा सिंहले अनुसन्धान भइरहेको बताउनुभयो । ‘कसले लुकाएर राखेको हो ? राईफल कहाँबाट गएका हुन ? सवै अनुसन्धानपछि मात्र भन्न सकिन्छ’, उहाँले भन्नुभयो । स्थानीयबासिन्दाले यो हतियार द्वन्द्वको समयमा माओवादीले लुकाएर राखेको आशंका गरेका छन् । सदरमुकाम खलंगादेखि १६ किलोमिटरको दुरीमा रहेको यो क्षेत्र माओवादी द्वन्द्वको समयमा आधार ईलाकाको रुपमा रहेको थियो । स्रोतका अनुसार माओवादी विभाजन नहुँदै लुकाईएका यी हतियार नेकपा माओवादीले कब्जा गरि अर्को ठाँउमा सारेको र यो कुरा थाहा पाएका एकीकृत नेकपा माओवादीका कार्यकर्ताले प्रहरीलाई सुराकी गरेपछि हतियार फेला परेको हो ।
केही समय अघि हतियार र पार्टीको आर्थिक स्रोत सम्वन्धमा एकीकृत नेकपा माओवादी र ऊबाट फुटेको नेकपा माओवादीबीच विवाद समेत भएको थियो । तर नेकपा माओवादीका जिल्ला ईन्चार्ज ढकवीर रानाले कसले उक्त हतियार राखेको भन्ने बारेमा आफूलाई केही थाह नभएको बताउनुभयो ।
एकीकृत माओवादी जिल्ला समिति सदस्य देवबहादुर बोहराले पुराना हतियार तत्कालिन जनमुक्ती सेनाको प्राविधिक टोलीले मर्मतका लागि छाडेको हुन सक्ने आशंका गर्नुभयो ।

0 comments:

Post a Comment

Copyright © 2012 Dreamsansar.com All Right Reserved
Designed by Suman Ranabhat