Breaking News
Loading...
Saturday, September 14, 2013

५२ करोडको हेलिकप्टर किन्ने दाउमा कमरेड प्रचण्ड

टिकट पाउने र लाभ पाउने नेता कार्यकर्ता मात्र उनको साथमा रहेको एकीकृत माओवादीका नेताहरु बताउँछन् । १० वर्षसम्म भूमिगत बसेका अध्यक्ष प्रचण्ड खुल्ला राजनीतिमा आएसँगै सम्पन्न बनेका छन् । अख्तियारले उनको सम्पत्तिको छानविन गर्छ की गर्दैन त्यो भने भविष्यले बताउने छ ।

स्वीस बैंकमा पैसा राखेको भनेर चर्चामा आएका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब हेलिकप्टर पनि किन्ने भएका छन् ।सर्वहारा वर्गका नेता भनेर आफुलाई चिनाउदै आएका दाहालको यो विलासिता जीवनमा उनको क्रान्तिकारी कुराले भने हावा खाएको छ । उनको नेतृत्वमा १० वर्षे सशस्त्र आन्दोलनमार्फत साम्यवाद ल्याउने भन्दै १५ हजार नागरिकले ज्यान गुमाएका थिए भने कयौं नागरिक वेपत्ता र कैयौं अझैं घाइते छन् ।

उनै साम्यवाद ल्याउने र समाजको परिवर्तनको नारा दिने प्रचण्डले हेलिकप्टर किन्ने तयारी गरेका हुन् । आफ्ना व्यापारीक साथी अजय सुमार्गीको नाममा हेलिकप्टर किन्ने तयारी अन्तिम चरणमा पुगेको स्रोतले बताएको छ । उक्त हेलिकप्टर खरिदमा मुख्य भूमिका भने अजय सुमार्गीले निभाएको स्रोतले बताएको छ ।स्रोतका अनुसार उक्त हेलिकप्टरको मुल्य ५२ करोड रुपैया पर्नेछ । नियमित मर्मत संभार तथा संचालनमा मासिक ३० लाख रकम खर्चिनु पर्ने सो हेलिकप्टर एकीकृत नेकपा माओवादीका अध्यक्ष दाहालले प्रयोग गर्ने बताइएको छ ।

हेलिकप्टरका लागि नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले अनुमति दिइसकेको स्रोतको दाबी छ ।यता निर्वाचन आयोगले निर्वाचनको प्रायोजनका लागि हेलिकप्टर प्रयोग नगर्न आचारसंहिता जारी गरिसकेको छ । यद्दपि चुनाव प्रचार प्रसारको लागि पहाडी जिल्लाहरुमा जान दाहालले उक्त हेलिकप्टर प्रयोग गर्ने बताइएको छ ।

अझ उक्त हेलिकप्टरले व्यापारीक कारोवार समेत गर्ने बताईएको छ । त्यसका लागि पहाडी जिल्लाहरुमा खाद्यान्न ढुवानी लगायतको काम गर्ने छ त्यो पनि अध्यक्ष दाहालको पहलमा । आफ्ना कार्यकर्ताहरुलाई व्यक्तिगत काममा समेत लगाउन माहिर प्रचण्डको यस्ता हर्कतले पार्टी भित्र भने निकै चर्चा पाएको छ ।एकीकृत माओवादीका एक नेताले भने “पार्टी अध्यक्ष दाहाल निकै विलासी जिवन बिताउन थालेका छन्, उनले आफ्ना व्यापारी सुमार्गी मार्फत हेलिकप्टर किन्ने तयारी गरेका हुन् । अव उनको सर्वहारा क्रान्तिको कुराले हावा खाइसकेको छ ।”एकीकृत माओवादी भित्र उनको राजशी पाराको जिवनशैलीको निकै चर्चा हुने गरेको छ । नेता तथा कार्यकर्ताहरु अहिले अध्यक्ष दाहालसँग रुष्ट बनेपछि नेकपा–माओवादी तिर ढल्किन थालेका छन् ।

0 comments:

Post a Comment

Copyright © 2012 Dreamsansar.com All Right Reserved
Designed by Suman Ranabhat