Breaking News
Loading...
Monday, September 16, 2013

मलेशियाबाट र्फकेका दुई जना बाटोमै लुटिए

वैदेशिक रोजगारीबाट घर र्फकन लागेका दुई जना काठमाण्डौ‍बाट महेन्द्रनगर आउने क्रममा बेहोस बनाएर लुटिएका छन् । रामशिखरझाला २ पहलमानपुर कैलालीका सिताराम गिरी र दैजी ४ कञ्चनपुरका नारायणसिंह रावल शनिबार राति लुटिएका हुन् । लुटेराले उनीहरुलाई खाने कुरामा नशालु पदार्थ मिलाएर बेहोस बनाइ लुटेको हो । आईतबार साझ बेहोस अवस्थामा महेन्द्रनगर पुगेका दुवै जनालाई उपचारका लागि महाकाली अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।
३ वर्ष अघि वैदेशिक रोजगारीका लागि मलेशिया गएका दुवै जनाबाट ३ लाख भन्दा बढीको नगद तथा जिन्सी सामान लुटिएको छ । पीडित गिरीले आफुसंग रहेको ८५ हजार नगद, १ तोला सुन, १ थान आईप्याड र ४ थान मोवाईल लुटिएको बताए । यस्तै अर्का पिडित रावलले आफुसंग रहेको ५५ हजार नगद, आधा तोला सुन र १ थान मोवाईल लुटिएको बताए । 'आफुसंग भएको सानो झोलामा राखिएको सबै सामान लुटियो' महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा अपचार गराईरहेका पिडित गिरीले भने, 'होटेलवालाले नै लुटेको हो ।'
उनले चितवनको रामनगरमा खाना खाएर बसमा चढदा सम्म अफुहरु दुवै जना होसमा रहेको बताए । 'खाना खाएर बसमा चढदासम्म होसमै थियौ' गिरीले भने, 'त्यसपछि महेन्द्रनगर पुगेको मात्रै थाहा पाए ।' उनीहरुले रामनगरस्थित सिद्धबाबा होटेलमा खाना खाएका थिए । पिडितहरुले बस मालिक तथा चालकले आफुहरुको कुनै हेरचाह नगरेको बताए । आईतबार साँझ मात्रै महेन्द्रनगर पुगेर वडा प्रहरीको जिम्मा लगाएपछि मात्रै आफुहरुलाई उपचारका लागि अस्पताल पुर्‍याईएको अर्का पिडित रावलले बताए ।
शनिबार साझ महाकाली यातायातको ना४ख ६७५ नम्बरको बसमा महेन्द्रनगर आउन लागेका दुवै जनालाई चितवनको रामनगरमा खानामा नशालु पदार्थ मिसाएर बेहोस बनाई लुटिएको हो । रामपुरमा खाना खानेबेलासम्म आफुहरु होसमा रहेको र त्यसपछि महेन्द्रनगर पुगेको मात्रै थापा पाएका पिडित सिताराम गिरीले बताए । उनले होटलवालाले नै खानेकुरामा नशालु पदार्थ मिसाएको हुनसक्ने बताए ।
वडा प्रहरी कार्यालय महेन्द्रनगरमा प्रहरी निरिक्षक पुस्कर चन्दले घट्नाका बारेमा आवश्यक छानविन भईरहेको बताए । उनले बस चालक र सहचालक संग सोभपुछ गरिसकेको र पिडितहरु प्ाुर्ण होसमा आएपछि दुवैपक्षलाई संगै राखेर थप अनुसन्धान थालिने बताए ।

0 comments:

Post a Comment

Copyright © 2012 Dreamsansar.com All Right Reserved
Designed by Suman Ranabhat