Breaking News
Loading...
Thursday, September 26, 2013

शोभराजको सिको गर्दै भाग्न प्रहरीलाई बेहोस बनाए पूर्वमन्त्री गुप्ताले

११ असोज, काठमाण्डौं । जेलमा रहेका पूर्वमन्त्री श्यामसुन्दर गुप्ताले योजनबद्ध रुपमा प्रहरीलाई विषादीयुक्त खाना दिएको प्रहरी अनुसन्धानले देखाएको छ । महानगरीय प्रहरी आयुक्त कार्यालयले गरेको प्रारम्भिक अनुसन्धानले घटना योजनाबद्ध हुनसक्ने आँकलन गरेको छ ।
घटनामा गुप्तामाथि शंका गर्ने धेरै आधार देखिएका छन् । प्रहरीस्रोतका अनुसार गुप्ताका छोराले दरबारमार्गस्थित केएफसीबाट ल्याएको मासु प्रहरीलाई मात्र खान दिएका थिए । त्यस्तै खाना र कोल्डडि्रंक्स खाएर केही प्रहरी बेहोस भइसकेपछि गुप्ताका छोरा भाष्करले बिरामी भएको ‘नाटक’ गरेको हुनसक्ने प्रहरी अनुसन्धानमा देखिएको छ ।
‘शंका गर्ने ठाउँ भएपछि भाष्करले आफू पनि बिरामी भएको नाटक गरेजस्तो देखिन्छ,’ अनुसन्धानमा आवद्ध एक प्रहरी अधिकारीले भने नयाँ पत्रिकामा खबर छ ।
प्रारम्भिक अनुसन्धानमा घटना शंकास्पद देखिएपछि अस्पतालमै रहेका गुप्ताका छोरा भाष्करलाई प्रहरीले नियन्त्रणमा राखेको छ । गुप्ता भने बिहीबार डिल्लीबाजरा कारागारमा फर्किएका छन् ।
शोभराजको सिको
सुन्धारास्थित केन्द्रीय कारागारमा रहेको अन्तर्राष्ट्रिय कुख्या अपराधी चाल्र्स गुरुमुख शोभराज प्रहरीलाई विषादी मिसाइएको खाना खुवाएर नै भारतको जेलबाट भाग्न सफल भएका थिए । उनले आफ्नो जन्मदिनको पार्टीमा फलफूलमा विष मिसाएर प्रहरीलाई बेहोस पारी सन् १९८६ मा भाग्न सफल भएका थिए । डेढ वर्षदेखि जेलमा रहेका गुप्ताले पनि त्यस्तै योजना गरेको प्रहरी अनुमान छ । उनले योजनाबद्ध रुपमा नै अस्पताल भर्ना भएको र भाग्ने प्रयास गरेको प्रहरी अधिकारीको आशंका छ ।

0 comments:

Post a Comment

Copyright © 2012 Dreamsansar.com All Right Reserved
Designed by Suman Ranabhat