Breaking News
Loading...
Wednesday, August 14, 2013

टेलिकमका हाकीमहरुलाई ५ करोडको मुद्दा


नेपाल दूरसंचार कम्पनीमा काम गर्ने पाँच इन्जिनियरहरुले स्पेशिफिकेशन विपरितका सामान आपुर्ति गर्न सम्झौता गरेर कम्पनीलाई घाटा पुर्‍याएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। 
 
सोमबार अख्तियारले विशेष अदालतमा सिनियरदेखि असिस्टेन्ट सम्मका इन्जिनयरहरु राजेन्द्र महर्जन, रामनरेश सिंह कुँवर, अनिलकुमार आचार्य, श्रीकृष्ण भुजेल र भाईकृष्ण महर्जनविरुद्ध ५ करोड ११ लाख ८८ हजार रुपैँया दुरुपयोग गरेको भन्दै मुद्दा दर्ता गरेको हो। 
 
अख्तियारले इन्जिनियरहरुले स्पेशिफिकेशन विपरितका एयर कन्डिसनिङ इक्वीपमेन्ट (४० केडब्लु) र त्यसमा प्रयोग हुने आर ४१० ए ग्याँस भनि आर २२ ग्याँस आपुर्ति गरेर सम्झौता विपरित सरकारी सम्पत्ति दुरुपयोग गरेको अभियोग लगाइएको छ। 
 
इन्जिनियरहरुले ग्याँस आपुर्ति गर्दा आर ४१० ए ग्यास र त्यो सँग कम्प्याटिबल एसी इक्वीपमेन्टको सट्टा आर २२ ग्याँस आपुर्ति गरेर सम्झौता अनुसारनै गरेको भनि सत्य तथ्य कुरा लुकाएर टेलिकमलाई प्रतिवेदन बुझाएको अभियोग पत्रमा उल्लेख छ।  
 
इन्जिनियरहरुबाहेक ग्याँस आपुर्ति गर्दा स्थानीय कम्पनी आकृति इन्टरनेशनलका अध्यक्ष नवराज राउत, जनरल म्यानेजर भारतीय नागरिक पंकज कुमार वान्थियाले मालसामान खरिदमा हिनामिना गरेको भन्दै उनीहरुसमेतबाट बिगो भराउन अख्तियारले मुद्दामा माग गरेको छ। भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार सात अभियुक्तहरुबाट दाबी अनुसार ५ करोड ११ लाख रुपैँया बिगो भराउन, त्यति नै जरिवाना तिराउन र कानुन अनुसार कैद सजाय गर्न मुद्दामा माग गरिएको छ ।

0 comments:

Post a Comment

Copyright © 2012 Dreamsansar.com All Right Reserved
Designed by Suman Ranabhat