नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खान आउने पक्राउ
पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगरमा प्रहरी जवान पदमा आवेदन फारम भर्न आएका जिल्ला उदयपुर रामपुर ठोक्सिला गाविस–२ निवासी २२ वर्षीय खगेन्द्र बस्नेतको नक्कली सर्टिफिकेट रहेका कारण आज पक्राउ परेका छन्।
आवेदकले आवेदन फारमसहित पेस गरेको पब्लिक हर्दिया सेकेन्डरी स्कुल धरान–१२ बाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेको मार्कसिट तथा प्रमाणपत्र शङ्का लागि जाँच गर्दा निजले पेस गरेको मार्कसिट र प्रमाणपत्र नक्कली भएको भन्ने खुल्न आएकाले निजलाई पक्राउ गरिएको हो।
निजलाई जिल्ला प्रहरी कार्यालय मोरङमा सरकारी छाप दस्तखत कीर्ते मुद्दामा दर्ता गरी आवश्यक अनुसन्धान कार्य भइरहेको छ।
यसैगरी, मोरङ शनिचरे– ८ नयाँ सोमबारी बस्ने वर्ष ३२ को भीमबहादुर जोगी आफ्नो घरकोठामा प्लास्टिक डोरीको पासो लगाई झुन्डी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
0 comments:
Post a Comment