Breaking News
Loading...
Monday, August 26, 2013

दिल्लीमा एक नेपाली मुलको केटीको सामुहिक बलात्कार, अवस्था चिन्ताजनक

काठमाडौं, ११ भदौ । भारतको राजधानी नयाँदिल्लीमा एक नेपाली मुलको केटीलाई सामुहिक बलात्कार भएको छ । भारतीय टेलिभिजन न्यूज एक्सप्रेसका अनुसार मंगबलार बिहान मोतिवादस्थित करिब २५ वर्षिया ति नेपाली मुल घर भएको केटीको सामुहिक बलात्कार भएको हो ।
बलात्कार गरेर केटीलाई बाटोमा फालिदिएको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेको थियो । ति केटीको अहिलेसम्म परिचय खुलेको छैन् । केटीलाई नसालु पदार्थ खुवाएर चार जनाले पालैपालो बलात्कार गरेको प्रहरीले जनाएका छन् । उक्त केटीको अहिले स्थानीय एक अस्पतालमा चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ । घटनाबारे प्रहरीले अनुसन्धान प्रक्रिया अगाडी बढाएपनि अहिलेसम्म कसैलाई पक्राउ गर्न सकेको छैन् ।

0 comments:

Post a Comment

Copyright © 2012 Dreamsansar.com All Right Reserved
Designed by Suman Ranabhat