नेपाल अफगानिस्तानसँग ३ रनले पराजित
काठमाडौं – अन्तिमका दुइ ओभरमा ४ विकेट गुमाएपछि नेपालले अफगानिस्तानलाई ३ रनको विजय सुम्पेको छ। सिंगापुरमा आजबाट सुरु भएको एसिसी इमर्जिङ टिम्स कपमा अफगानिस्तानले विजयी सुरुवात गरेको छ। समूह ए अन्तर्गत अफगानिस्तानविरुद्धको पहिलो खेलमा नेपाल ३ रनले पराजित भएको हो । सिंगापुरको द पडाङमा टस जितेको नेपालले पहिले फिल्डङ रोजेको थियो। ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६९ रन बनाएको थियो।
वर्षाका कारण खेललाई ४६ ओभरमा छोट्याइएको थियो। १ सय ७० रनको लक्ष्यलाई घटाएर १ सय ६१ बनाइएको थियो। नेपालले ४५.३ ओभरमा सबै विकेट गुमाउँदै जम्मा १ सय ५७ रन मात्रै बनाउन सफल भयो।
नेपालका कप्तान पारस खड्का ६० रनमा आउट भए। उनी आउट भएसँगै नेपाली टोली दबावमा आएको थियो। उनको स्थानमा आएका पृथु बास्कोटा २ रनमा नै पभेलियन फर्किए । नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले २४, सुवास खकुरेलले २३ रन बनाए । अनिल मण्डल भने ३ रनमा नै आउट भए ।
यसअघि टस हारेर पहिले व्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६९ रनमै दबाब राख्ने क्रममा नेपालका बसन्त रेग्मीले १० ओभरमा १ मेडन राख्दै ३१ रन दिएर ५ विकेट लिए । अभिनाश कर्ण, चन्द्र साउथ र सागर पुनले समान १-१ विकेट लिए ।
इमर्जिङ टिम्स कप एसिसीले पहिलोपल्ट गर्न लागेको प्रतियोगिता हो। टेस्ट खेल्ने भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका २३ वर्षमुनिका टोलीले प्रतियोगितामा भाग लिनेछन्। नेपाल, युएई, अफगानिस्तान र सिंगापुरको पूर्ण टोली हुनेछ। गत वर्ष युएईमा सम्पन्न एसिसी ट्रफी इलिटको शीर्ष तीनमा रहदै नेपाल, युएई र अफगानिस्तानले इमर्जिङ टिम्स कपमा स्थान बनाएका हुन्। सिंगापुरलाई आयोजकका हैसियतमा स्थान दिइएको हो।
विरुद्ध अफगानिस्तान
अफगानिस्तानमाथी झन्डै एक दशकपछि नेपाल पहिलो विजय हात पार्ने आशमा छ। नेपालले पछिल्लो पटक अफगानिस्तानलाई २००४ मा पराजित गरेको थियो। एसिसी ट्रफीको प्लेट फाइनलमा नेपालले अफगानिस्तानमाथी ४७ रनको विजय हात पारेको थियो। अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तानको त्यो पहिलो प्रतियोगिता थियो।
त्यसयता नेपाललाई अफगानिस्तानले चार पटक पराजित गरिसकेको छ। नेपाल र अफगानिस्तान पछिल्लो पटक २०१० मा एसिसी ट्रफीको फाइनलमा भिडेका थिए, जसमा अफगानिस्तानले ९५ रनको विजय निकालेको थियो। अफगानिस्तानले २००६ र २००८ को एसिसी ट्रफीको तेस्रो स्थानको प्लेअफमा तथा २००८ मा विश्व क्रिकेट लिग डिभिजन ५ को सेमिफाइनलमा पराजित गरेको थियो।
डिभिजन ५ मा पाएको विजयसँगै क्रमशः माथी उक्लदै अफगानिस्तान एकदिवसीय अन्तर्राष्ट्रियको हैसियत बनाउन सफल भयो। टोलीले दुई पटक ट्वान्टी–२० विश्वकप खेल्न भ्याइसकेको छ। नेपाल भने थप दुई प्रयासपछि अहिले डिभिजन २ मा उक्लिएको छ। अफगानिस्तान भर्खरै विन्डहोकमा नामिबियालाई दुई एकदिवसीय खेलमा पराजित गरी सिंगापुर आएको हो। उक्त विजयसँगै अफगानिस्तान विश्वकप छनोटको नजिक पुगिसकेको छ।

0 comments:
Post a Comment