Breaking News
Loading...
Saturday, August 17, 2013

बाल्टिनको पानी कराएपछि...

झापाको महारानीझोडामा डिप बोरिङबाट तानिएको पानी तामाका भाँडामा राखिएपछि पानी कराउने र पानीका बीचका भागबाट ज्योतिजस्तो देखिने दृश्य हेर्नेको घुइँचो लागेको छ ।

सो गाविस वडा नं २ बस्ने पुरुषोत्तम गौतमका खेतमा रहेको डिप बोरिङको पानी भाँडामा राखेको १० मिनेटपछि कराउने गरेको र बाल्टिनमा राखिएको पानीको बीच भागमा सेतो ज्योति देखिने गरिएकाले मानिसहरू अचम्म मानिरहेका छन् । यस सम्बन्धमा गौतम भन्नुहुन्छ “खासगरी तामाको भाँडोमा पानी राखिएपछि उक्त धातुसँग पानी युद्ध गरेको आवाजजस्तो बुझिन्छ, यस्तो अवस्था बढीमा दस मिनेट रहने गरेको छ र त्यसपछि पानीको बीचको भागमा सेतो ज्योति देखिन्छ ।”

एक सातादेखि यस्तो देखिन थालिएको बताइएको छ । सुरु सुरुमा पानी बढी कराउने गरिएको र अचेल कराउने काम क्रमिकरूपमा घट्न थालेको उहाँले बताउनुभयो । रासस

0 comments:

Post a Comment

Copyright © 2012 Dreamsansar.com All Right Reserved
Designed by Suman Ranabhat