Breaking News
Loading...
Sunday, August 18, 2013

आफ्नै नाबालक छोरीको बलात्कार

बैतडीको सलेनामा चार छोराछोरी भएका एक व्यक्तिले आफ्नै नौ वर्षीया छोरीलाई बलात्कार गरेका छन् ।

रातिको समयमा छोरीलाई बलात्कार गर्ने ३५ वर्षीया बाबुलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय इलाका प्रहरी कार्यालय मेलौलीबाट गएको प्रहरी टोलीले उनलाई पक्राउ गरी सदरमुकाम ल्याएको छ । 

घटना छ दिन अघि घटेको भएपनि प्रहरीले ढिलो खबर पाएकाले कारबाही पनि ढिलै भएर अघि बढेको इलाका प्रहरी कार्यालय मेलौलीका इन्चार्ज शङ्कर पन्तले बताउनुभयो ।  

असार २८ गते मध्यरातमा आफ्नै बाबुबाट बलात्कृत भएकी बालिका दोस्रो दिन घरबाट भागेर छिमेकीको घरमा गएपछि घटना सार्वजनिक भएको हो । 

दयालकी जेठी छोरीको बिहे भइसकेको छ भने त्यसपछिकी नौ वर्षीया अर्की छोरी बलात्कृत भएकी हुन् । उनको अर्की छ वर्षीया छोरी र सबैभन्दा कान्छो तीन वर्षीया छोरा रहेको छ । 

बलात्कृत बालिकाको जिल्ला अस्पताल बैतडीमा स्वास्थ्य परिक्षण गरिएको प्रहरी निरीक्षक अनिल उप्रेतीले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

0 comments:

Post a Comment

Copyright © 2012 Dreamsansar.com All Right Reserved
Designed by Suman Ranabhat