Breaking News
Loading...
Saturday, August 17, 2013

छाना फोडेर १५ वर्षीया किशोरी सामूहिक बलात्कृत

म्याग्दी , भाद्र २ - रुम गाविस १ विलवाङकी एक १५ वर्षीया किशोरी सामूहिक बलात्कृत भएकी छन् । गत आइतबार राति आफ्नै घरमा २ दिदीबहिनीमात्र सुतिरहेको अवस्थामा छाना फोडेर प्रवेश गरेका स्थानीय युवाहरूले उनलाई बलात्कार गरेको आफन्तले बताएका छन् ।
इलाका प्रहरी दरवाङका निरीक्षक विजयकुमार सिंहका अनुसार घटना गत आइतबार रातिको भए पनि बिहीबारमात्र पीडितका आफन्तले टेलिफोनबाट जानकारी दिएका थिए । प्रहरी घटनास्थल पुग्दा पीडित सिकिस्त थिइन् । 'आफन्तलाई बोलाएर पीडितको स्वास्थ्य परीक्षण र उपचारका लागि शुक्रबार सदरमुकाम पठाएका छौं,' सिंहले भने । उनका अनुसार ६ जनाको समूहमा रहेका अभियुक्तमध्ये २ जनाले राति डेढ र बिहान ४ बजेतिर उनीमाथि बलात्कार गरेका थिए ।
पीडितका आमाबाबु गोठमा बस्ने गरेकाले घरमा २ दिदीबहिनीमात्र सुतेका थिए । बलात्कारीको प्रतिकार गर्दा १७ वर्षीया दिदीसमेत घाइते छिन् । घटनाको ५ दिनपछि घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार गर्ने क्रममा बलात्कारको रहस्य खुलेको हो । थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ । बलात्कार आरोपमा प्रहरीले रुम गाविस ५ का १६ वर्षीय इन्द्र रोका र १७ वर्षीय विनोद रोकासमेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

0 comments:

Post a Comment

Copyright © 2012 Dreamsansar.com All Right Reserved
Designed by Suman Ranabhat