Breaking News
Loading...
Sunday, September 22, 2013

मलेसियामा एकै ठाउँबाट १५ नेपाली सुरक्षागार्ड पक्राउ

मलेसियामा ,क्वालालम्पुर - अबैध बिदेशी कामदारमाथि धरपकड गरिरहेको मलेसियाले एकैपटक १५ जना नेपाली सुरक्षागार्ड पक्राउ गरेको छ ।गैरकानुनीरुपमा सेक्युरिटी गार्डको रुपमा काम गरेको भेटिएपछि उनीहरुलाई गत बिहीवार मलाक्का सहरस्थित कार्यस्थलबाटै पक्राउ गरिएको मलेसियाको दैनिक पत्रिका न्यू स्ट्रेट टाइम्सले जनाएको छ ।

ड्युटी परिवर्तन गर्ने बेलामा उनीहरुको ड्रेस चेन्ज गर्ने स्थानमा छापा मारेर पक्राउ गरिएको सो राज्यका इमिग्रेसन बिभाग प्रमुख अबु बकर हसनले जानकारी दिनुभयो ।मलेसियामा सेक्युरिटी गार्ड सेवामा बहुसंख्यक नेपालीले काम गर्दै आएका छन् । प्लान्टेसन लगायत अन्य भिषामा मलेसिया पुर्‍याइ दलालले सेक्युरिटी गार्डमा काम लगाइदिने गरेका कारण उनीहरु अबैधानिक हुन पुग्छन् ।

पछिल्लो पटक सुरु गरिएको तीन महिने धरपकड अभियानको तेस्रो हप्ताभित्रै हजारौं बिदेशी कामदार पक्राउ परिसकेका छन् । ‘अबैधानिक बिदेशी कामदारलाई बढार्ने’भन्दै मलेसियाले धरपकड अभियान सुरु गरेको हो । अघिल्लो बर्ष दिइएको आममाफी कार्यक्रममा रजिष्टर भए पनि स्वदेश फर्किने वा त्यही बसेर बैधानिक अबसरमा सहभागी नभइ सम्पर्कबिहीन भएका कामदारलाई लक्षित गरि यो धरपकड सुरु गरिएको हो । त्यसरी दर्ता भएर सम्र्पकमा नआउने करिव १० हजार नेपाली रहेको दूतावास स्रोतले जानकारी दियो ।

0 comments:

Post a Comment

Copyright © 2012 Dreamsansar.com All Right Reserved
Designed by Suman Ranabhat