Breaking News
Loading...
Wednesday, August 28, 2013

उपग्रहबाटै प्रदूषण मापन विधि नेपाली वैज्ञानिकले पत्ता लगाए - See more at: http://setopati.com/chapa-bata/3477/?utm_source=twitterfeed&utm_medium=facebook#sthash.7NaZswsz.dpuf

अमेरिकास्थित नासा (नेसनल एरोनोटिकल एन्ड स्पेस एडमिनिस्ट्रेसन) मा वैज्ञानिकका रुपमा कार्यत नेपाली नागरिक डा। लोकनाथ लम्सालले पहिलोपल्ट ‘उपग्रहको माध्यमले पृथ्वीको सतहमा भएको प्रदुषण नाइट्रोजन डायअक्साइड (एनओटू) को मात्रा नाप्ने विधि’ विकास गरेका छन् ।
 
यो विधि प्रयोग गरेर विश्वमा पहिलोपल्ट उनले बढी वायु प्रदूषण हुने क्षेत्रहरु अमेरिकाको न्युयोर्क, युरोपको लन्डन, चीनको बैइजिङ र भारतको मुम्बईको ‘जनसंख्यामा वायु प्रदूषणप्रतिको निर्भरता’ नापेको आजको कान्तिपुरमा खबर छ । नासाको वेबसाइटमा राखिएको' नासाका वैज्ञानिकहरुले सहरी क्षेत्रको जनसंख्या र वायु प्रदुषणबीचको सम्बन्ध देखाए,' शीर्षकको समाचारमा लेखिएको छ,' कसरी एउटा सहरको प्रदूषण त्यहाँको जनसंख्यामा भर पर्छ भन्ने विश्वमा आजसम्म नापिएको थिएन ।'
 
अमेरिकाको ग्रिन नवेल्ट मेरिल्यान्डस्थित नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरमा वैज्ञानिकका रुपमा कार्यरत डा. लम्सालले गरेको अनुसन्धानबारे वेबसाइटमा उल्लेख छ । यो अध्ययन ‘इनभाइरोमेन्ट, साइन्स एन्ड टेक्नोलोजी’ मा समेत प्रकाशित गरिएको छ ।

0 comments:

Post a Comment

Copyright © 2012 Dreamsansar.com All Right Reserved
Designed by Suman Ranabhat