जस्लाई साचो माया गरे उस्ले नै छोडी गयो !!-Gajal
जस्लाई साचो माया गरे उस्ले नै छोडी गयो !!
भरोसा मैले जस्को परे उस्लेनै छोडी गयो !!
एकमा एक गर्दै जम्मा गरि रहे मैले ,
जब तब थैली भरे उस्लेनै छोडी गयो !!
जिन्दगीको गोरेटोमा सँग सँगै नै थिए
नदी किनारा मैले तरे उस्लेनै छोडी गयो !!
XXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXX
बिषको प्याला पिई यहाँ बाच्नु पर्या छ
नपुग्ने ति रहरहरु साच्नु पर्-या छ!!
जिन्दगी यो मेरो कि अरु नै छ मालिक
जस्तो गीत गाउँछ त्यस्मै नाच्नु पर्या छ!!
सुख त्यो पाउन त अरु नै छ तयार
दु:ख खपी यहाँ कम्मर भाच्नु पर्या छ!!
बिषको प्याला पिई यहाँ बाच्नु पर्या छ
नपुग्ने ति रहरहरु साच्नु पर्या छ!!
xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx
फूल टीप्दा काँडा बिझी, रुझ्छ हात रगतले
सोहि भाँति कटु बोल्दा, दुतकार्ने छ जगतले
भलो सोचौ भलो गरौ, भलै हुन्छ सव जनको
दीर्घ जीवन ज्युनलाई, फालौ मयल मनको॥
XXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXX
भट्टिमा रात बितायो गजलकारले मेरै सामु...!!
गजल नशा पिलायो गजलकारले मेरै सामु...!!
नाम कमाऊने बाहानामा अरुका गजल चोरी
नजान्नेलाई सुनायो गजलकारले मेरै सामु...!!
बैलाउदैथ्यो सबै सामु चनाखो छु भन्दै यहाँ
र,त हैसियत देखायो गजलकारले मेरै सामु...!!
जुत्ता चप्पल कालो मोसो माला बनाई ऊनेर
लाउने दिन जुरायो गजलकारले मेरै सामु...!!
फेसबुकमा बिवाद गरी गजलको पिता भनी
आफ्नो ईज्जत गुमायो गजलकारले मेरै सामु...!!
0 comments:
Post a Comment