Breaking News
Loading...
Friday, August 2, 2013

पाठेघरभित्र साढे पाँच किलोको ट्युमर

एक निजी अस्पतालमा शल्यक्रिया गरेर एक महिलाको पाठेघरमा रहेको साढे पाँच किलोग्रामको ट्युमर निकालिएको छ । इलाम कोलबुङ–४ देउराली घर भएकी ४८ वर्षीया विष्णुमाया राईको पाठेघरबाट शल्यक्रियामार्फत चिकित्सकले त्यति ठूलो ट्युमर निकालेका हुन् । भद्रपुरको ओमसाई हस्पिटलमा राईको शल्यक्रिया गरिएको हो ।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा जयकुमार ठाकुरले दुई घन्टा लामो शल्यक्रिया गरेर ट्युमर निकाल्न सफलता पाएको अस्पतालले जनाएको छ । पच्चिस र ३० वर्षका दुई सन्तानकी आमा राई ट्युमरका कारणले छ महिनादेखि अस्वाभाविक ढङ्गले पेट दुख्न र बढ्न थालेपछि उपचारका लागि अस्पताल आएकी थिइन् । बेलैमा उपचार नगरेको भए ट्युमरका कारण रक्तस्राव र दुखाइबाट बिरामीको ज्यानसमेत जान सक्ने जोखिम रहेको उपचारमा संलग्न चिकित्सक बताउँछन् ।

0 comments:

Post a Comment

Copyright © 2012 Dreamsansar.com All Right Reserved
Designed by Suman Ranabhat