स्मार्टफोनमा थपिए चार नेपाली एप्स
१८ साउन, काठमाडौं । कालिका ग्रुप अन्तर्गतको एप्लिकाली प्रालिले स्मार्ट फोनमा प्रयोग हुने चार वटा नयाँ एप्सहरु सार्वजनिक गरेको छ । एन्ड्रोइड र एप्पल आईओएस भएका फोनका लागि नेप्से एप्, ट्याक्सी फेयर नेपाल, प्यानिक एसएमएस र कालिका एफ एम नामका चार एप्लिेकेसन सार्वजनिक गरिएको हो ।
यी एप्सहरु मध्ये नेप्से एप्, ट्याक्सी फेयर नेपाल र प्यानिक एसएमस स्मार्ट फोनको ‘गुगल प्ले स्टोर’ र ‘एप स्टोर’ दुवैमा र कालिका एफएम हाल एन्ड्रोइडमा मात्र र छिटो नै एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिनेछ ।
नेप्से एप्
नेप्से एप्ले नेपाली शेयर बजारबारे जानकारी दिन्छ । यस एप्लिकेसनबाट शेयरहरूको लाइभ ट्रेडिङ् मूल्य, मार्केट समरी, प्mलोरसिट, सुनचाँदीको दरभाउ, शेयरमा आएको उतार चढाव, मौद्रिक विनिमय दर आदि सहजै हेर्न सकिन्छ । यस एप्बाट शेयर बजार र ट्रेडिङ्गमा आएको परिवर्तनलाई ग्राफद्धारा पनि हेर्न सकिन्छ ।
यस एप्को पोर्टफोलियो सेगमेन्टमार्फत आफुले विभिन्न कम्पनीको शेयरमा गरेको लगानीको दैनिक नाफा–नोक्शान, सम्पूर्ण लगानीको विवरणका साथै ग्राहकहरुको खरिदविक्री विवरण पनि प्राप्त गर्न सकिनेछ । यस एप्लिकेशन मार्फत सम्पूर्ण शेयर ब्रोकरहरुको विवरण प्राप्त हुने हुँदा आफ्नो शेयर खरिद विक्री गर्न पनि सहयोग पुग्नेछ ।
कुनैपनि शेयर खरिदविक्री गर्नुअघि लाग्ने कर र कमिशन, खारिदविक्री पछिको नाफा तथा नोक्सान यसैमा संलग्न गरिएको क्यालकुटरको सहायताले प्राप्त गर्न सकिनेछ जसले शेयरमा लगानी गरेका व्यक्ति तथा संस्थालाई सजिलै जानकारी प्राप्त गर्न सहयोग पुग्ने छ ।
शेयर कारोवार सम्वन्धि सम्पूर्ण कारोवार यस एप्सबाट आफ्नो हातमा सधैँ हुने स्मार्ट फोन मार्फत सहजै जानकारी लिन सकिने हुँदा नेपाल स्टक एक्सचेन्ज धाउने तथा कम्प्यूटर खोली वेभसाइट हेर्नुपर्ने झनझटबाट मुक्त हुन सकिने छ ।
ट्याक्सी फेयर्स नेपाल
त्यसैगरी ट्याक्सी फेयर्स नेपाल एप् ट्याक्सी चढ्ने यात्रुका लागि उपयोगी छ । यसले चढेको स्थानदेखि ओर्लिएको स्थानसम्मको दुरीका साथसाथै ट्याक्सी भाडा रकम पनि देखाउँछ । यसका साथै यसले सरकारले निर्धारण गरे बमोजिम दिउँसो र रातिको भाडादर, वेटिङ चार्ज, फ्लाग डाउन चार्ज आदिबारे पनि जानकारी दिन्छ ।
मोबाईलमा वाईफाई, जिपिआरएस वा कुनैपनि डाटा कनेक्सन नभएको स्थानमा पनि यस एप् प्रयोग गर्न सकिनेछ । अफ लाइनमा समेत प्रयोग गर्ने गरी तयार पारिएको यस एप्मा नेपालभर ट्याक्सी जाने बाटोको नक्सा समेत समावेश गरिएको छ जसले यात्रुलाई गन्तव्य स्थान सम्म पुग्ने छोटोे रूट पत्ता लगाउन मद्दत पु¥याउँदछ ।
प्यानिक एसएमएस
त्यस्तै नागरिकहरुलाई कुनैपनि आपतकालिन समस्या परेमा तुरुन्त सहयोग गर्ने एप् “प्यानिक एसएमएस” डाउनलोड गरेपछि व्यक्तिलाई कुनै गम्भिर समस्या परेको बेलामा सहयोग लिन सजिलो हुनेछ । आपत परेको समय एन्ड्रोइडमा फोनको पावर बटन निरन्तर चारपटक थिचेपछि र एप्पलमा एप् खोलेर एप् भित्रको बटन थिचेपछि उक्त एप्लिेकेसनमा सेभ गरिएको नम्बरमा फोन, जीपीएस लोकेसन र म्यापसहितको एसएमएस पठाउँछ जसको सहयताले आपतमा परेका व्यक्तिलाई उद्दार गर्न सकिनेछ ।
आपतकालिन क्षेत्र वा स्थानबाट भाग्दै गरेको अवस्थामा पनि एप्ले फरक फरक स्थानको जानकारी दिनेछ । विशेषगरी दक्षिण एशियाली मुलुकका महिलाहरुको सुरक्षामा ध्यान दिँदै यस एप् निर्माण गरिएपनि युरोप र अमेरिकामा प्यानिक एसएमएस अत्याधिक डाउनलोड भइसकेको छ ।
कालिका एफएम
कालिका एफएम एप् नेपालको पहिलो डेडिकेटेड एफएम एप् हो । यस एप् बाट इन्टरनेट सुविधा भएको संसारको जुनसुकै ठाउँबाट अनलाईन कालिका एफ.एम.सजिलै सुन्नका साथसाथै कालिका एफ.एम.को वेभसाइटमा भएको समाचार पढ्न, एफ.एम.का कार्यक्रम तालिकाबारे जानकारी लिन, कार्यक्रम प्रस्स्तोताको विवरण थाहा पाउन, आफुलाई मन परेको गीत डेडिकेट गर्ने लगायतका सेवाहरु प्राप्त गर्न सकिन्छ ।
0 comments:
Post a Comment