भारतीय फोटोपत्रकार महिलामाथि सामुहिक बलात्कार
नयाँ दिल्ली- भारतको व्यापारिक सहर मुम्बईमा एक महिला फोटोपत्रकारलाई सामुहिक बलत्कार गरेको समाचार छ । एक पुरुष सहमर्कीसँग एउटा अलपत्र अवस्थामा छोडिएको कपडा कारखानाको फोटो खिच्नको लागि गएका ती महिला बलात्कारमा परेकी थिइन्
सो कपडा कारखानाको भवनभित्र जानको लागि सहयोग गर्ने भन्दै पाँच व्यक्तिले ती पत्रकार महिला र उनको पुरुषसहकर्मीलाई भवनभित्र लिएर गएको जनाइएको छ । भवनभित्र पुगेपछि पुरुषमित्रलाई बाँधेर कुटपिट गरिएको र महिलालाई सामुहिक बलात्कार गरेको समाचारमा जनाइएको छ । हालसालै मात्र विवाहबन्धनमा बाँधिएकी ती फोटो पत्रकार महिला २२ वर्षकी भएको समाचारमा जनाइएको छ ।
प्रहरीका अनुसार अत्यन्त एकान्तमा रहेको सो स्थानमा स्थानीय लागू औषध अम्मलीहरूले सो बलात्कार गरेका हुन् । उक्त घटना स्थानीय समय अनुसार बिहीबार साँझ ६ बजे देखि ६:३० सम्ममा भएको समाचारमा उल्लेख छ ।
बलात्कृत ती महिलालाई अस्पताल भर्ना गरिएको र हाल ती महिलाको अवस्था स्थीर रहेको जनाइएको छ भारतमा गत डिसेम्बरमा पनि सामुहिक बलात्कारबाट एक युवतीले ज्यान गुमाएकी थिइन् ।
दिल्लीको स्थानीय एक मेडिकल कलेजमा अध्ययनरत २३ वर्षीया छात्रा एकजना आफ्नो साथीसँग नयाँ दिल्लीको एक सार्वजनिक बसमा यात्रा गरिरहँदा अकस्मात् बस चालकसहित सो बसमा रहेका अन्य ६ जना यात्रुद्वारा आक्रमण एवम् सामुहिक रुपमा बलात्कृत भएकी थिइन् । हिजो पुनः यसै घटनासँग मिल्ने फेरि अर्को घटना भएको छ ।

0 comments:
Post a Comment