विमानस्थलबाट भ्रष्टाचार आरोपमा थप ३५ जना अख्तियारको नियन्त्रणमा (प्रेस विज्ञप्ति सहित)
काठमाडौं, ७ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले म्यानपावर कम्पनीहरुले पेश गरेको झुठा विवरणलाई सही छ भनी प्रमाणित गर्ने वैदेशिक रोजगार विभागका १७ जनासहित ३५ जना कर्मचारीलाई शुक्रबार पक्राउ गरेको छ । अख्तियारका प्रवक्ता श्रीधर सापकोटाका अनुसार पक्राउ पर्नेहरुमा वैदेशिक रोजगार विभागका शाखा अधिकृतहरु निर्मला न्यौपाने, मन्जु शर्मा सुवेदी, अजिता शर्मा, मुक्तिप्रसाद खनाल, गंगाबहादुर भुजेल, ज्ञानेन्द्र शर्मा, पवित्र कुँवर र कम्प्युटर अधिकृत हिराध्वज कार्की रहेका छन् ।
यसैगरी नासु शंकर कार्की, रमेशकुमार अधिकारी र योगेन्द्रकुमार अधिकारी, खरिदारहरु माधव भट्टराई र केशव बन्जरा, भाषा अनुवादक रज उल्लाह, कम्प्युटर अपरेटरहरु सन्तोष सुवेदी र कृष्णप्रसाद खतिवडा र कार्यालय सहयोगी यशोदा थापा मगरसहित १७ जना रहेका छन् ।
यसैगरी गैरकानुनी काममा संलग्न भएको अभियोगमा अध्यागमन विभागअन्तर्गतका शाखा अधिकृतहरु भोजबहादुर ऐडी, रामचन्द्र कार्की, नरबहादुर विक, रामकृष्ण पराजुली, डिल्लीराम भट्टराई, दीवाकर शर्मा, गोपीप्रसाद पौडेल, रामचन्द्र खतिवडा, कमलबहादुर कार्की, विक्रमबहादुर सोमई र लेखा अधिकृत बाबुहरि पन्थी रहेका छन् ।
यस्तै पक्राउ परेकाहरुमा नायब सुब्बाहरु रामकुमार ओझा, जयबहादुर सिंह, लीलारमण पोखरेल, वरिष्ठ अध्यागमन सहायकहरु सञ्जय नेपाल, नवराज कोइराला, रुद्रप्रसाद मरासिनी, चिरन्जीवी अधिकारीसहित १८ जना समेत ३५ जना रहेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।
झुठा कागजातलाई आधार बनाई कम्युप्टर प्रविष्ट गर्ने, भाषा अनुवाद गर्ने, ठीक छ भनी फाइल पेश गर्ने काम गरी वैदेशिक रोजगारमा जाने ७७ जना नेपाली नागरिकलाई वैदेशिक रोजगारमा जानका लागि अनुमतिपत्र दिएको अख्तियारको दाबी छ ।
प्रवक्ता सापकोटाका अनुसार हालसम्मको अनुसन्धानमा सक्कल कागजात बेपत्ता पारी नक्कली कागजात बनाएको देखिएको छ । पक्राउ परेकाहरुलाई आयोगले आजै हिरासतमा लिई आवश्यक कारबाही थालेको छ ।

0 comments:
Post a Comment