कामका लागि विदेश जानेलाई कडाइ, ४ म्यानपावर व्यवसायी पक्राउ
काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ कर्मचारीलाई पक्राउ परेपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले वैदेशिक रोजगारका लागि विदेश जानेहरुलाई कडाई गरेको छ ।श्रमले दिएको स्वीकृति अनुसार कम्पनी र कामको विवरण नमिलेका तथा भाषा नबुझिएका ९० जनालाई अध्यागमनले रोकेको छ । ‘पहिले हामीले श्रमले स्वीकृत दिएपछि सरासर पठाउने गरेका थियौं’ एक कर्मचारीले भने-’तर, अख्तियारले १८ जनालाई पक्राउ परेपछि कम्पनी, काम नमिलेका र भाषा नबुझिएकालाई रोकेका छौं ।’ उनका अनुसार उर्दु लगायतका भाषा नबुझिएकाहरुलाई आधारिक स्थानबाट भाषा रुपान्तर गरेर ल्याउन पठाइएको छ ।
४ म्यानपावर व्यवसायी पक्राउ
यसैबीच गैरकानूनी रूपमा कामदार पठाएको आरोपमा अख्तियारले ३ म्यानपावर कम्पनीका ४ सञ्चालकलाई पक्राउ गरेको छ । एडभान्स रिक्रुटमेन्टका सञ्चालकद्वय चित्रगुप्ता साँवा र हर्कबहादुर लिम्बु, सान्नाका सञ्चालक मोहम्मद मुस्ताक मियाँ र प्रोग्रेसिभ प्लेसमेन्टका श्यामप्रसाद गुप्तालाई हिरासतमा लिई अनुसन्धान थालिएको अख्तियारले जनाएको छ ।उनीहरुमाथि वैदेशिक रोजगारीमा जानेहरुको अन्तिम स्वीकृतिका लागि रोजगार विभागमा झुटा भिसा समेतका कागजात पेश गरेको र विभागका कर्मचारीलाई आर्थिक लाइ पुर्याई अन्तिम स्वीकृति लिएको आरोप लागेको छ।
म्यानपावर कम्पनीसँग गैरकानुनी लाभ लिई नक्कली कागजातका आधारमा ७७ जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाएको आरोपमा अख्तियारले वैदेशिक रोजगार र अध्यागमनका ३५ कर्मचारीलाई शुक्रबार मात्र पक्राउ गरेको थियो ।

0 comments:
Post a Comment