Breaking News
Loading...
Tuesday, August 20, 2013

मंगल ग्रहमा बस्‍न एक लाख आवेदन

न्युयोर्क- मंगल ग्रहमा बस्‍नका लागि एक लाख भन्दा बढी मानिसले आवेदन दिएका छन्। सन् २०२३ को लागि प्रस्तावित यस परियोजनाको उद्देश्य मंगल ग्रहमा कोलनी बनाउने रहेको छ। 'यो यात्रा केबल मंगलमा जानको लागि हो फर्कनका लागि होइन,' परियोजना स‌ञ्चालन गर्ने कम्पनीले भनेको छ।

तर मंगलमा जीवन कसरी सम्भव छ? भन्ने कुरा अझै सम्म पनि अनुत्तरित छ। यो थाहा हुँदा हुँदै पनि मानिसले मार्स वन प्रोजेक्टमा सहभागी हुन चाहिरहेका छन्। मानिसहरुलाई मार्स वन नामको एक कम्पनीले यो यात्रामा सहभागी गराउने अभियान सुरु गरेको हो।
कम्पनिका मुख्य कार्यकारी अधिकृत तथा सह–संस्थापक बास लेंसड्रापले मंगलमा जान चाहनेको संख्या अत्याधिक भएको बताएका छन्। मंगल ग्रहमा जान कम्तिमा १८ वर्ष उमेर हद तोकिएको छ। आवेदन शुल्क भने राष्ट्रियताको आधारमा कम्पनीले लिने गरेको छ। अमेरिकी नागरिकको लागि आवेदन शुल्क ३८ डलर रहेको छ। आवेदकको देशको प्रतिब्यक्ति आयको आधारमा शुल्क तय गरिएको कम्पनीले जनाएको छ। आवेदक मध्ये फरक फरक महादेशका ४० सदस्यीय अन्तरीक्ष यात्री चुनिने मार्स वानले जनाएको छ। उनीहरुले २०२३ मा मंगलमा पाइला राख्‍छन्।
मंगल ग्रहमा जाने अन्तरिक्ष यात्रीले ८ वर्ष प्रशिक्षण लिनुपर्ने छ। यो समयमा उनीहरुले घरको मरम्मत गर्न, सीमित ठाउँमा तरकारी उमार्न, दाँत, मांसपेशी दुख्ने र हाड भाचिएको उपचार गर्न सिक्नेछन्।
केही विशेषज्ञहरुले मंगल ग्रहको लागि मानव मिशन निकै खतरायुक्त रहेको बताउँदै भनेका छन्– किन भने यति लामो यात्रा मानिसले अहिलेसम्म गरेका छैनन्।


0 comments:

Post a Comment

Copyright © 2012 Dreamsansar.com All Right Reserved
Designed by Suman Ranabhat