Breaking News
Loading...
Thursday, August 15, 2013

पूर्वप्रधानमन्त्री मरिचमान सिंह रहेनन्



पञ्चायतकालका एक सर्वाधिक प्रभावशाली प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको बिहीबार बिहान राजधानीको नर्भिक हस्टिपलमा निधन भएको छ । उनी ७२ वर्षका थिए ।
उनका छोरा अनिल श्रेष्ठ का अनुसार बिहान सवा तीन बजे उनको निधन भएको हो । ‘अहिले उहाँलाई हामीले घरमै ल्याएका छौं, एक बजेसम्म यहाँ राखेर आर्यघाट लैजान्छौं,’ श्रेष्ठले  सेतोपाटीसँग भने । सिंहलाई अहिले धापासीस्थित निवासमा राखिएको छ ।

फोक्सोको क्यान्सरले थलिएर दिल्लीको मेदान्त अस्पतालमा उपचाररत पूर्व प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठलाई मंगलबार राति एयर एम्बुलेन्सबाट नेपाल ल्याइएको थियो । निमोनिया र विभिन्न इन्फेक्सनले गलेका उनको स्वास्थ्य क्रमश बिग्रदै गएपछि श्रेष्ठकै इच्छा अनुसार परिवारले स्वदेश ल्याएको थियो । उनको पार्थिव शरीर दिउँसोसम्म श्रद्धाञ्जलीका लागि घरमा राख्‍ने र आजै दाहसंस्कार गरिने परिवारले जनाएको छ ।
श्रेष्ठ २०४६ को जनआन्दोलनका बेला प्रधानमन्त्री थिए। २०५६ सालको आमनिर्वाचमा काठमाडौं क्षेत्र नम्बर ४ बाट उनले उम्मेदवारी दिएका थिए । त्यसपछि उनी राजनीतिमा निष्कृय रहे ।
उपचार खर्च जुटाउन उनको परिवारले पटकपटक आर्थिक सहयोगका लागि सार्वजनिक अपिल गरेको थियो ।

0 comments:

Post a Comment

Copyright © 2012 Dreamsansar.com All Right Reserved
Designed by Suman Ranabhat