Breaking News
Loading...
Sunday, August 25, 2013

कोरिया जानको लागी कोटाभन्दा ३ गुणा बढी आवेदन

काठमाडौं, ६ भदौ- रोजगार अनुमति प्रणाली (ईपीएस) अन्र्तगत दक्षिण कोरिया जानका लागि भाषा परीक्षाको आवेदन फर्म खुला भएको २ दिनमै नेपालका लागि छुट्ट्याएको कोटाभन्दा ३ गुणा बढी आवेदन परेको छ ।
परीक्षामा पारदर्शीता, न्यून लागत, बढी आम्दानी र सुरक्षित रोजगारी भएकाले दक्षिण कोरिया नेपाली युवाहरूको पहिलो रोजाइ बन्दै गएको छ । त्यही कारण कोटा कम भए पनि बढी युवाको आवेदन पर्ने गरेको हो ।
“जनसंख्या वृद्धि र श्रमबजारमा प्रवेश गर्ने युवाको संख्याअनुसार रोजगारीको अवसर छैन,” श्रम तथा रोजगार मन्त्रालयका सहसचिव बुद्धिबहादुर खड्काले भने, “रोजगारीका लागि विदेश जान खोज्छन्, त्यसमा पनि रामो पारिश्रमिक तथा सेवा सुविधा र लागतको हिसाबले कोरिया नै अगाडि छ ।”
मन्त्रालयका अनुसार ५ वटा आवेदन दर्ता केन्द्रबाट बुधबार १७ हजार ८ सय २४  र बिहीबार १८ हजार ७ गरी ३५ हजार ८ सय ३१ युवाले फर्म बुझाइसकेका छन् । यो वर्ष कोरियाले नेपालका लागि कृषिमा ३ हजार ६ सय र उत्पादनमूलक क्षेत्रमा ४ हजार ६ सय कोटा छुट्ट्याएको छ ।
सिद्धार्थ वनस्थली इन्स्टिच्युट वनस्थलीबाट ९ हजार ४ सय ६५ युवाले फर्म भरेका छन् भने ल्याबरेटोरी माध्यमिक विद्यालय कीर्तिपुर (बल्खु)बाट ८ हजार ३ सय ७२, गौचरण खेलमैदान ज्ञानेश्वरबाट ७ हजार ६ सय ८ तथा धरान नगरपालिका धरान सभागृहबाट ४ हजार ३६ र बुटवल नगरपालिकास्थित नेपाल प्रहरी तालिमकेन्द्रको पूर्वतर्फ रहेको बुटवल प्रदर्शनी मण्डपबाट ६ हजार २ सय ५५ जनाले फर्म भरेका छन् । दोस्रो दिनसम्म पनि काठमाडौं उपत्यकाका ३ केन्द्र र बाहिर २ केन्द्रमा आवेदन फर्म दर्ता गर्न युवाहरू रातिदेखि नै लामबद्ध थिए ।
फर्मका लागि प्रतिव्यक्ति २४ डलर अर्थात् २ हजार ४ सय ५० रुपैयाँ बुझाउनुपर्छ  । भाषा परीक्षामा कुनै शैक्षिक योग्यता तोकिएको छैन ।  १८ देखि ३९ वर्ष उमेरका युवाले फर्म भर्न पाउनेछन् ।
यो वर्ष करिब ७० हजारले भाषा परीक्षा आवेदन फर्म भर्ने अनुमान मन्त्रालयको छ । सन् २०११ को भाषा परीक्षामा ५७ हजार युवाले आवेदन दिएका थिए । चौथो भाषा परीक्षा असोज २० र २१ गते हुनेछ ।

0 comments:

Post a Comment

Copyright © 2012 Dreamsansar.com All Right Reserved
Designed by Suman Ranabhat