इलाम र पाँचथरका गरी २१ संस्था खारेज
डिभिजन सहकारी कार्यालय इलामले इलाम र पाँचथरका गरी २१ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ । कार्यालयले गत आव २०६९/७० मा इलामका १४ वटा र पाँचथरका सातवटा गरी २१ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको हो ।
कार्यालयमा दर्ता भई विगत दुई वर्षदेखि निष्क्रिय रही सहकारी ऐन २०४८ को दफा ३४ अनुसारको विवरण पेस नगरेकाले सहकारी खारेज गरिएको डिभिजन अधिकृत माधवप्रसाद पोखरेलले बताउनुभयो ।
खारेजीमा परेका सहकारी संस्थामा इलामका दुईवटा दुग्ध उत्पादक सहकारी संस्था, पाँचवटा कृषि सहकारी, एक÷एकवटा बचत तथा ऋण, विद्युत् र ताजा तरकारी सहकारी संस्था, चारवटा चिया सहकारी गरी १४ वटा संस्था छन् भने पाँचथरका तीनवटा कृषि सहकारी, एक÷एकवटा बचत तथा ऋण, बहुउद्देश्यी, महिला विकास सहकारी र विद्युत् सहकारी संस्था रहेका छन् ।
अघिल्लो वर्ष कार्यालयले २३ वटा विभिन्न सहकारी संस्थालाई खारेज गरेको थियो । सहकारी संस्था स्थापना गर्ने रहरसँगै दर्ता खारेजको सङ्ख्या पनि बर्सेनि बढ्दै गएको छ । डिभिजन सहकारी कार्यालयको क्षेत्राधिकारभित्र हालसम्म ८४७ वटा सहकारी सङ्घसंस्था स्थापित भई सञ्चालनमा छन् ।

0 comments:
Post a Comment