पूर्वराजपरिवारका सदस्यले मतदाता नामावली दर्ता गरे
काठमाडौं, १ भदौ । पूर्वराजपरिवारका सदस्यहरुले काठमाडौं जिल्ला निर्वाचन कार्यालयमा गई तस्बिरसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् । पूर्वराजपरिवारका सदस्य धीरेन्द्र शाहकी छोरी पूजा शाह, सितास्मा शाह र दिलाशा शाहले तस्बिरसहितको मतदाता नामावलीमा आज आफ्नो नाम दर्ता गर्नुभएको कार्यालयका प्रमुख शम्भु चालिसेले जानकारी दिनुभयो ।
जिल्ला निर्वाचन कार्यालयले शनिबार बिहानबाट फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता कार्य सुरु गरेको थियो । हालसम्म दुई हजार ५ सय जनाको नाम दर्ता गरिएको प्रमुख चालिसेले जानकारी दिनुभयो । काठमाडौँमा मतदाताको चाप रहेका कारण नामावली दर्ता गर्नेको घुइँचो लागेको छ ।
0 comments:
Post a Comment