अनुदान कुम्ल्याउन बित्थामै झिकिन्छ पाठेघर
पाठेघर उपचारका लागि सुष्मा कोइराला मेमोरियल ट्रस्टले गत चैत महिनामा सुर्खेतमा शिविर चलाएको थियो । उक्त शिविरमा दुई डाक्टरले एकै दिनमा ३० महिलाको शल्यक्रिया गरेर पाठेघर झिकिदिए ।
आफ्नै अस्पताल नभएको ट्रस्टले काठमाण्डौंदेखि महोत्तरी, दैलेख, कालिकोट, सुर्खेत, रुकुम र सल्यानमा अहिलेसम्म दर्जनौं स्वास्थ्य शिविर सञ्चालन गरिसक्यो । एउटा शिविरमा कम्तिमा चार मेडिकल अधिकृत तथा एक एक गाइनोकोलोजिस्ट, रेडियोकोलोजिस्ट, रेडियोलोजिस्ट र एन्थेसियोलोजिस्ट हुनुपर्ने नियम छ । ट्रस्टले भने एक अधिकृत र एक गाइनोकोलोजिस्टकै भरमा शिविर चलाएको भेटिएको आजको नागरिक दैनिकमा खबर छ । ती दुई पनि बाबुछोरा हुन् । नेपालगन्ज मेडिकल कलेजमा कार्यतर डा. जितेन्द्र महासेठ र उनका छोरा स्त्री रोग विशेषज्ञ डा. विनोद ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुसार एक डाक्टरले एक दिनमा ६ वटाभन्दा बढी शल्यक्रिया गर्न पाउँदैन । यी बाबुछोराले भने उक्त मापदण्डको धज्जी उडाएका छन् । र, त्यस्तै धज्जी उडेको छ, ग्रामीण क्षेत्रमा सञ्चालन हुने स्वास्थ्य शिविरका गुणस्तरको ।
पाठेघर उपचार कार्यक्रममा भइरहेको यो वेतिथिको खुलासा स्वास्थ्य मन्त्रालयले तयार पारेको प्रतिवेदनले नै गरेको हो ।
गाउँगाउँमा पाठेघरको उपचार शिविर सञ्चालन गर्ने ‘ठेक्का पाएका’ संस्थाले आवश्यकै नदेखिएका बिरामीको पनि पाठेघरको शल्यक्रिया गर्ने गरेको प्रतिवेदनमा खुलाएको छ । त्यसरी बिरामीको सल्यक्रिया गर्दा न्यूनतम् गुणस्तर मापदण्डसमेत पुरा नगरेको पाइएको छ । यसरी बिरामीको शल्यक्रिया गर्दा संस्थाले सरकारबाट अनुदान पाउछन् । तराईमा १२ हजार, पहाडमा १३ हजार र हिमाली क्षेत्रमा १५ हजार अनुदान प्रतिबिरामी अनुदान पाइने व्यवस्था रहेको छ ।
यस बाहेक शिविर लिएर गएको छ भने बिरामीपिच्छे तराईमा २ हजार, पहाडमा ३ हजार र हिमालमा ५ हजार थप पाइन्छ । उपचारमा आउने महिलालाई पनि ५ सयदेखि ज्ञ हजार ५ सयसम्म बाटो खर्च दिने भएपनि यो रकम सबै बिरामीलाई नदिइ संस्था आफैले कुम्ल्याएको प्रतिवेदनमा उल्लेख छ । त्यतिमात्र होइन समान्य उपचारमा पनि शल्यक्रिया भन्ने देखाएर अनुदान रकम अनियमितता गरेको खुलासा मन्त्रालयले गरेको छ ।
0 comments:
Post a Comment