Breaking News
Loading...
Thursday, August 29, 2013

एमाओवादी कार्यकर्ताले प्रहरीको हतियार खोसे

रुकुम, भाद्र १३ - एमाओवादीका कार्यकर्ताले पूर्वराज्यमन्त्रीको सुरक्षामा खटिएका प्रहरीमाथि आक्रमण गरि हतियार खोसेका छन् ।  
जिल्ला प्रहरी कार्यालयका अनुसार बुधवार राती पूर्व राज्यमन्त्री एबं काँग्रेसका नेता गोपालजीजंग शाह नेतृत्वको टोलीको सुरक्षाका लागि खटिएका प्रहरीको साथमा रहेको एक थान पेस्तोल एमाओवादी कार्यकर्ताले खोसेका हुन् । शाहको सुरक्षामा खटिएका प्रहरी जवान चेतलालसिंह ठकुरीलाई  कुटपिट गरी माओवादी कार्यकर्ताहरुले उनको साथमा रहेको हतियार खोसेको प्रहरी नायब उपरिक्षक राजेन्द्रप्रसाद भट्टले बताए । 'उनीहरुले खोसेको पेस्तोल करिब १५ घन्टापछि घटनास्थल नजिकैको मकैवारीमा भेटियो'- प्रहरी नायब उपरिक्षक भट्टले भने ।  
प्रहरीका अनुसार, चौरजहारीबाट चुनावी प्रचार सकेर सदरमुकाम खलंगा आउँदै गर्दा छिवांग गाविसमा एमाओवादी कार्यकर्ताहरुले प्रहरीको पेस्तोल खोसेका हुन । प्रहरी जवानको मुखमा चोट लागेको छ । उनको जिल्ला अस्पताल सल्लेमा उपचार भईरहेको छ । माओवादी कार्यकर्ताहरुले काँग्रेस नेताहरुलाई आक्रमण गर्न खोजे पनि उनीहरु सुरक्षति अवस्थामा भएकाले उनीहरुलाई भेटाउन नसकेपछि प्रहरी जवानमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।
घटनामा माओवादी कार्यकर्ताहरु मनोज के.सी, कर्णबहादुर रोकाय, कमल खड्का, तेजबहादुर ओलीलगायतको संलग्नता रहेको प्रहरीले जनाएको छ । घाइते प्रहरीको मुखमा चारवटा टाँका लगाइएको प्रहरी नायब उपरिक्षक भट्टले जनाए । 'हतियार खोस्नेहरु फरार छन,' उनले भने, 'उनीहरुको खोजी भईरहेको छ ।'
घटना नियोजित भएको काग्रेस सभापति मानबहादुर नेपालीले बताए । उनले दोषिलाइ कडा कार्बाहीको माग गरेका छन । 'प्रहरीलाइ कुटेर हतियार खोस्नु कानुन हातमा लिने कार्य हो ' उनले भने,'दोषीमाथि कडा कारबाहीको माग गर्दछु ।' उक्त घटनाको बारेमा एमाओबादीले कुनै प्रतिक्रिया दिएको छैन । मगराज राज्य सम्मेलन सदस्य धनवीर ओलीले आफु घटनास्थल जादै गरेकोले बुझेर मात्र यसबारे भन्न सक्ने बताए । घटनास्थल सदरमुकामबाट एक घण्टाको दुरीमा छ ।
 

0 comments:

Post a Comment

Copyright © 2012 Dreamsansar.com All Right Reserved
Designed by Suman Ranabhat