गृहकार्य छल्न अपहरणको नाटक
दोलखा - सदरमुकाम चरिकोटका १० वर्षीय बालकले अपहरणमा परेको नाटक गर्दै परिवार र प्रहरीलाई बिहीबार हैरान बनाएका छन्। कक्षा ३ मा पढ्ने ती बालकले स्कुलबाट आत्तिँदै आएर आमालाई आफू अपहरणमा परेको र गाडीबाट हामफालेर भागेको बताएका थिए। उनले गाडीमा अर्की बालिका पनि रहेको सुनाएपछि हल्लीखल्ली भयो। अभिभावक आत्तिंदै छोराछोरी लिन विद्यालय त्रिपुरा ग्लोरियस एकेडेमीमा पुगेका थिए।
अपहरणको कुरा विद्यालय र प्रहरीकहाँ पुगेपछि प्रहरी टोली बालिकाको खोजीमा निस्किएको थियो। जिल्लाभित्र र सदरमुकामबाट बाहिर छुट्ने गाडी तथा प्रवेश नाकामा प्रहरीले कडाइ गरेको थियो। जिल्ला प्रहरी कार्यालयले राति ८ बजे पत्रकार सम्मेलनमा होमवर्क नगरेपछि बालकले नाटक गरेको कुरा सार्वजनिक गर्यो। 'आमाले पढाइ बुझ्न स्कुल आउँदैछु भनेपछि उनले स्कुल नगई अपहरणको नाटक गरेका रहेछन्,' इन्स्पेक्टर कैलाश राईले भने।
दिउँसैदेखि बालक र आमालाई सँगै राखेर अध्ययन गर्दा नाटक गरेको खुलेको इन्स्पेक्टर राईले बताए। 'गणितमा साह्रै कमजोर भएपछि आमाले ट्युसन पढ्न पठाउने गरेका रहेछन्,' उनले भने, 'आमाले थाहा पाउलिन् भनेर आफंै ठीक चिह्न लगाउने गरेको पाएपछि गएराति गाली गर्दै एक थप्पड पिटेकी रहेछिन्। भोलिपल्ट बिहान पढाइ बुझ्न स्कुल आउँछु भनेकाले बालकले स्कुल नगई नाटक रचेको देखियो।' बालक स्कुल नै नगई झोला बाटोमा फ्यालेर घर पुगेका थिए।

0 comments:
Post a Comment