Breaking News
Loading...
Friday, August 2, 2013

शाहरुख–सलमानले ५ वर्षपछि अंगालो मार्दा बलिउड गदगद

बलिउडका दुई चर्चित अभिनेताहरु शाहरुख र सलमान खानले पछिल्लो ५ वर्षको तिक्तता मेट्दै एकअर्कालाई अंगालो मारेका छन् । विगत ५ वर्षयता एकअर्काबीच सुमधुर सम्बन्ध ‘कट’ गरेका यी दुई अभिनेता आइतबार मुम्बईस्थित एक होटलमा आयोजित कार्यक्रममा एकअर्काका अंगालोमा बाँधिएका बीबीसीले जनाएको छ ।

भारतीय कांग्रेसका विधायक बाबा सिद्दिकीले मुस्लिमहरुको पर्व रमजानको अवसरमा आयोजना गरेको एक कार्यक्रममा यी दुई एकअर्काका अंगालोमा बाँधिएका हुन् । आपसी मनमुटावका कारण एकअर्काका नाम समेत सुन्न नरुचाउने बताईंदै आएका बलिउडका यी दुई हस्तीहरु पुनः अंगालोमा बाँधिदा कार्यक्रम स्थल तालीको गडगडाहटले गुञ्जयमान भएको बताइएको छ ।

बलिउडमा यी दुईबीचको ‘मिलन’को खबर फैलिए लगत्तै उनका प्रशंसकहरुमा भने खुशियाली छाएको जनाइएको छ । त्यस्तै भारतका कतिपय चर्चित व्यक्तिहरुले यी दुईले अंगालो मारेकामा खुशियालीयुक्त प्रतिक्रियाहरु व्यक्त गरेका विभिन्न भारतीय सञ्चारमाध्यहरुले जनाएका छन् ।

यी दुईबीच ५ वर्षअघि बलिउड अभिनेत्री कटरिना कैफको जन्मदिनको पार्टीमा विवाद भएको बताइन्छ । त्यसपछि यी दुईबीचको मनमुटाव बलिउडमा निकै चर्चाको विषय रहँदै आएको छ ।

यसअघि यी अभिनेताद्धयलाई बलिउडका अर्का अभिनेता आमिर खानको फिल्म ‘थ्री इडियड्स’को पार्टीमा अन्तिम पटक एकसाथ देखिएको जनाइएको छ ।

यी दुईबीचको ‘मिलन’ले बलिउडमा खुशियाली छाएपनि त्यसले आगामी दिनमा कस्तो रुप लिन्छ भन्नेमा भने समाचारहरुमा आशंका व्यक्त गरिएको छ ।

0 comments:

Post a Comment

Copyright © 2012 Dreamsansar.com All Right Reserved
Designed by Suman Ranabhat