अब राहदानीमै पारिश्रमिक तोकिने
बैदेशिक रोजगारीमा जाने कामदारको दोहोरो करारपर हटाउन सरकारले राहदानीमै पारिश्रमिक राख्न थालेको छ । वैदेशिक रोजगार व्यवसायीले दुई थरी करारपत्र बनाउँदै कामदारलाई न्यून पारिश्रमिकमा पठाएको भेटाएपछि बैदेशिक रोजगार विभागले पार्सपोटमै पारिश्रमिक टाँस्न थालेको हो । श्रम तथा रोजगार मन्त्रालयले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कममा मागपत्र ल्याउने र विभागमा नक्कली कागजात पेस गर्ने म्यानपावर एजेन्सी यो व्यवस्थाबाट निरुत्साहित हुने विश्वास विभागको छ ।
सरकारले मुख्य श्रम गन्तव्य मुलुक साउदी अरबमा १ हजार रियाल (२५ हजार रुपैयाँ), कतार १२ सय रियाल (३० हजार रुपैयाँ) र संयुक्त अरब इमिरेट्स युएईमा ११ सय रियाल (२७ हजार ५ सय) पारिश्रमिक तोकेको छ । विभागले यीभन्दा कम पारिश्रमिकमा श्रम स्वीकृति दिँदैन । तर एजेन्सीहरुले नक्कली करारपत्र बनाई धमाधम कामदार पठाइरहेका छन् । ‘यस्तो खुला ठगी नियन्त्रण गर्न राहदानीमै श्रम स्वीकृतिको स्टिकर राख्न थालेका हौँ, विभागका महानिर्देशक विनोद केसीले भने,’अब त्यास्ता ठग म्यानपावर ठाउँमा आउँछन् ।’
उनका अनुसार कामदारले पनि सम्बन्धित मुलुक नपुगेसम्म आफूले पाउने पारिश्रमिक बढी र लागत खर्च कम देखाउने गरेका छन् । विदेशमा समस्या भएपछिमात्र बास्तविक समस्या खुलाउँछन्,उनले भने,’यसले पनि नियमनमा असहज भएको थियो ।’ आजको कारोबार दैनिकले समाचार छापेको छ ।
0 comments:
Post a Comment