Breaking News
Loading...
Wednesday, August 28, 2013

सगरमाथा आधार शिविर पुग्ने पुल खोलाले बगायो

सोलुखुम्बु, १२ भदौ । सगरमाथा आधार शिविरमा पुग्ने अन्तिम पुलको रुपमा रहेको इम्जाखोलास्थित पुल बुधबार दिउँसो खोलाले बगाएको छ । खुम्जुङ गाविस वडा नं ६ र ७ को बीचमा रहेको इम्जाखोलामा रहेको सो पुल दिउँसो आएको बाढीले बगाएको तबुचे मध्यवर्ती क्षेत्र उपभोक्ता समूह खुम्जुङका अध्यक्ष दोर्जी ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।
सगरमाथा आधार शिविरमा पुग्ने अन्तिम पुलको रुपमा रहेको सो पुल बगाएपछि आधार शिविर जाने बाटो बन्द भएको छ । सो पुलको विकल्पमा अर्को बाटो प्रयोग गर्नका लागि एक दिनभन्दा बढी हिड्नुपर्ने पनि अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।
पुल तत्कालै मर्मत नभएमा इम्जाखोला तरेर सगरमाथा आधार शिविरमा जान नसकिने भएकाले पर्यटक आगमनमा समेत समस्या पर्ने उहाँले बताउनुभयो ।

0 comments:

Post a Comment

Copyright © 2012 Dreamsansar.com All Right Reserved
Designed by Suman Ranabhat