स्वयम्भूमा परिवारबाटै महिला बन्धक, पीडितलाई न्याय देउ : अधिकारकर्मी
काठमाडौं- विगत १४ वर्षदेखि पति र परिवारका सदस्यहरुबाट बन्धक बनाइएकी काठमाडौं स्वयम्भूकी प्रमिला शाक्यलाई न्याय दिलाउन विभिन्न दल सम्बन्ध महिला अधिकारकर्मीहरुले सरकारलाई आग्रह गरेका छन् । आज राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरुले प्रमिलाका पति रत्न शाक्य र नन्द, तुल्सी शाक्यले प्रमिलालाई बन्धक बनाएको भन्दै उनीहरुमाथि हदैसम्मको कारवाहीको माग गरेका हुन् ।राजधानीमा पत्रकार सम्मेनन गरी एकीकृत माओवादी, नेपाली कांग्रेस, नेकपा एमालेलगायतका दल सम्बद्ध महिला अधिकारकर्मीहरुले पीडित प्रमिलालाई न्याय दिलाउने अभियानमा सहयोग गर्न सबैलाई आग्रह पनि गरे |२० वर्ष र १२ वर्षका दुई छोरा र १५ वर्षकी एक छोरी गरी ३ सन्तानकी आमा शाक्यलाई उनका परिवारका सदस्यले बोक्सीको आरोप लगाउँदै पटक–पटक यातना दिएर घरमै बन्धक बनाएका थिए ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रमिलाका पतिले छोरा र छोरीलाई प्रमिलाको मृत्यु भइसकेको भन्दै प्रमिलालाई नै ‘नोकर्नी’को रुपमा चिनाउने गरेका थिए । प्रमिला एक महिनाअघि भागेर आफन्तकोमा पुगेपछि घटना सार्वजनिक भएको हो ।प्रमिलाका पति र नन्दलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।

0 comments:
Post a Comment