Breaking News
Loading...
Monday, August 5, 2013

स्तरीय बायोडाटा (सिभी) कसरी बनाउने ?

जागिरबारे सोच्दा सबभन्दा पहिले तपाईको दिमागमा के आउँछ ? पक्के पनि आप्mनो परिचय झल्काउने एउटा सिभि अर्थात् करिकुलम भिटा या बायोडाटा हैन ? सिभी एउटा यस्तो माध्यम हो जसले तपाईको जागिर खाने लक्ष पूरा गर्न बाटो तय गर्छ । सिभी भनेको तपाईको परिचय हो । आप्mनो परिचय कसरी दिने, त्यो कुरा तपाईले आप्mनो सिभीबाट दिन सक्नुहुन्छ ।

सिभी यस्तो हुनुपर्छ जसले अरुलाई आकर्षित गरोस् । तपाईलाई अन्तर्वाताका लागि बोलाओस् र अन्तर्वार्तामा पनि तपाईलाई सहयोग पुगोस् । यो भनेको मार्केटिङ्गको एउटा माध्यम पनि हो जसमा जति राम्रा गुणहरु राख्न सके, तपाईको त्यति नै महत्व हुँदै जान्छ ।

सिभी राम्रो बनाउनु भनेको तपाईको ५० प्रतिशत जागिर पक्का हुनु पनि हो । सिभी भनेको तपाईको शैक्षिक पृष्ठभूमि झल्काउने एउटा डकुमेण्ट मात्र होइन आप्mनो प्राविधिक सिप, पेसागत र जीवनको अनुभव देखाउने एउटा माध्यम पनि हो । त्यसैले सिभि बनाउँदा विशेष ध्यान पु¥याउनु भएको खण्डमा पक्कै पनि तपाईले सफलता हासिल गर्न सक्नुहुन्छ ।

सिभीमा के के लेख्ने ?
सिभीमा सबभन्दा पहिले आप्mनो नाम, ठेगाना, सम्पर्क नम्बर, इमेल आइडी, प्mयाक्स नम्बर र वेबसाइट छ भने त्यो पनि उल्लेख गर्ने ।
शैक्षिक योग्यताका प्रमाणपत्रहरु उल्लेख गर्ने (मान्यताका आधारमा क्रमशः लेख्दै जाने) ।
अनुभवहरु खुलाउने । आपूmले सम्हालेका जिम्मेवारी र उपलब्धिहरु द्येखाउने । तपाईले पाएके उपलब्धि नम्बरको आधारमा उल्लेख गर्दै जाने ।
आपूmले निजी जीवनमा पाएका अरु उपलब्धिहरु लेख्ने । यसले तपाईको व्यक्तित्व कस्तो छ भन्ने देखाउँछ ।
तपाईले लिएको प्राविधिक र अन्य तालिमहरु बुँदागत रुपमा उल्लेख गर्ने ।
कामबाहेक आप्mनो विशेष रुचिका कुराहरु पनि लेख्ने ।

सिभीमा के के नलेख्ने ?
झुटो कुरा भुलेर पनि सिभीमा नलेख्ने ।
सिभी राम्रो बनाउँछु भनेर झिल्के अक्षर प्रयोग नगर्ने ।
रंगविरंग कागज प्रयोग नगर्ने ।
नमागेसम्म आप्mनो फोटो नदिने, मागे मात्र दिने ।
सिभीमा म र मेरो जस्तो शब्द प्रयोग नगर्ने ।
व्याकरण, वाक्य, शब्द गलत नलेख्ने ।
आप्mनो स्वास्थ्य खराब छ भने त्यो पनि उल्लेख नगर्ने तर अन्तर्वातामा भने त्यो कुरा खुलाउनु राम्रो हुन्छ ।
आप्mनो परिवारका बारेमा नलेख्ने, जस्तै घरपरिवार, बुबामुमाको नाम वा छोराछोरी आदि नलेख्ने ।
जार्गन शब्दहरु प्रयोग नगर्ने, चलनचल्तीको भाष प्रयोग गर्ने ।


आपूmले चाहेको तलब सिभीमा उल्लेख नगर्ने ।
पहिले जागिर छोडको भए के कारणले छोडेको हो, उल्लेख नगर्ने ।
डुप्लिेकेट प्रमाणपत्रहरु कहिल्यै पेन नगर्ने ।

ख्याल गर्नु पर्ने १० कुराहरुः
जब तपाई सिभी बनाउन बस्नुहुन्छ आप्mनो वाक्य सधैं सकारात्मक शब्दबाट शुरु गर्नुहोस् ।
पूरा आत्मविश्वासका साथ लेख्न थाल्नुहोस् ।
आपूmले पाएको उपलब्धिलाई ध्यान दिनुहोस् , यसले तपाईको काम र दक्षता देखाउँछ ।
आप्mनो उललब्धि लेख्दा संख्या भन्दा गुणस्तरलाई ध्यान दिनुहोस् ।
अरु प्रतिस्पर्धीभन्दा आपूmलाई माथि देखाउने भाषा र प्रविधि प्रयोग गर्नुहोस् । औपचारिक भाषा र सान्र्दभिक शब्द प्रयोग गर्नुहोस् ।
सकेसम्म बुँदागत रुपमा लेख्ने गर्नुहोस् ।
कतिपय कुरा छोटकरीमा लेख्नुहोस्, जस्तैः एनजिओ, आइनजिओ आदि ।
कम महत्वका कुरा दोस्रो पेजमा दाहिनेपट्टि लेख्नुहोस् ।
सकेसम्म छोटा वाक्य प्रयोग गर्नुहोस् तर सिभी लामो भयो भनेर कहिले नडराउनुहोस् ।

0 comments:

Post a Comment

Copyright © 2012 Dreamsansar.com All Right Reserved
Designed by Suman Ranabhat