फेसबुक संस्थापक मार्क जुकरबर्जको एकाउन्ट ‘हृयाक’
प्यालेस्टाइन हृयाकरले सामाजिक सञ्जाल फेसबुक संस्थापक मार्क जुकरबर्जको एकाउन्ट हृयाक गरेका छन् । प्यालेस्टाइन आईटी एक्सपर्ट खलिल श्रेटेहले पटक पटक फेसबुकको एकाउन्ट सुरक्षाका लागि दिएको सुझाव वेवास्ता गरेको भन्दै जुकरबर्गकै एकाउन्ट हृयाक गरेका हुन् । फेसबुकले एकाउन्ट सुरक्षाबारेको त्रुटि पत्ता लगाउनेलाई पुरस्कार दिने गरेको छ ।
दोस्रो पटक पनि फेसबुक एकाउन्ट सुरक्षाबारे इमेल गरेका उनलाई फेसबुक मुख्यालयबाट ‘प्राविधिक त्रुटि नरहेको’ जवाफ आएपछि संस्थापककै एकाउन्ट हृयाक गरेर देखाएका हुन् । इन्फरमेशन सिस्टममा बीए गरेका उनले मार्क जुकरबर्गको फेसबुक हृयाक गर्दा पश्चाताप नभएको बरु आफ्नो क्षमतालाई प्रमाणित गरेको प्रतिक्रिया दिएका छन् ।

0 comments:
Post a Comment