जाजरकोटमा फेरी दुर्घटना
जाजरकोट -पहिरोले दुई जनाको मृत्यु भएको एक दिन बित्न नपाउदै जाजरकोटमा ट्याक्टर दुर्घटना हुदा थप दुई जनाको ज्यान गरेको छ । दिउसो २ बजे खलंगाको बोहरा नजिक भएको दुर्घटनामा दुई जनाको घटना स्थलमै ज्यान गएको बताईएको छ ।
चालक १६ बर्षिय अच्युत शाहि सँगै १५ बर्षिय खिम बहादुर बि.क. को घटना स्थलमै मृत्यु भएको जाजरकोटबाट रेशम शाहिले
बताएका छन् । शाहि खलंगा ४ का हुन् भने बिक पुन्मा ६ जाजरकोटका हुन् । जाजरकोट सदरमुकामबाट पुल मटेला तिर जादै गरेको ट्याक्टर तिब्र गतिमा गएकोले घटना भएको बताईएको छ । ७२५१ नम्बर उल्लेखित सो ट्याक्टरको पुरा नम्बर नदेखिएको जनाईएको छ ।
गए राति मात्रै गर्खाकोट गाविस ३ को गर्खा भन्ने गाउँमा पहिरोले घर बगाउँदा २ जनाको ज्यान गएको थियो भने २ जना गम्भीर घाइते भएका थिए। अवरल वर्षापछि आएको पहिरोले घर बगाउँदा एकै परिवारका २ जनाको ज्यान गएको हो । पहिरोमा परेर मृत्यु हुनेमा ५५ वर्षीय तिलु सिंह र उनकी १० वर्षीया छोरी देविका सिंह छन् ।
पहिरोमा परी तिलुको ४५ वर्षीया श्रीमती पद्मी सिंह र र ५ वर्षीय छोरा कृष्ण सिंह घाइते भएका छन्।
घाइते दुवैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक ज्ञानेन्द्र बस्नतेले जानकारी दिएका छन्। तिलुका ३ जना छोरीहरु भने पहिरो जाँदा घट्टमा मकै पिस्न गएकोले बाँच्न सफल भएका प्रहरी निरीक्षक बस्नेतले बताए। यसैगरी उनको घरमा पालिएको चौपाय समेत पहिरोमा परि मेरेका छन् । उनको १ वटा गाई र ५ वटा बाख्रा मरेको बस्नेतले बताए ।

0 comments:
Post a Comment