प्याजको भाउ घट्दै
काठमाडौं, ३ भदौ । चीनबाट पनि प्याज ल्याउन थालिएपछि काठमाडौंको प्याजको मूल्य घट्न थालेको छ । भारतबाट ल्याइएको प्याजको मूल्य एक सय २० रुपैयाँसम्म पुग्न थालेपछि व्यापारीहरुले चीनबाट प्याज ल्याउन थालेका हुन् ।
कालीमाटी फलफुल तथा तरकारी बजारले चीनबाट ल्याइएको प्याज बिक्री गर्न थालेको छ । आइतबारदेखि काठमाडौंमा चिनियाँ प्याज ल्याउन थालिएको हो ।
चिनियाँ प्याजको थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको कालिमाटी फलफुल तथा तरकारी बजार व्यवस्थापन समितिले जनाएको छ ।
0 comments:
Post a Comment