फेसबुकमा भेटेका सबैलाई बिश्वाश नगरौ यस्तै हत्यारा पनि बन्न सक्छन
राजधानीको सुन्धरास्थित शिखर गेस्टहाउसमा एक युवकले एक युवतीको हत्या गरेका छन् । गत श्रावण २२ गते काभ्रे स्थायी घर भएका २२ वर्षीय मोहन रानामगरले काठमाडौं निवासी बबिता गुरुङको हत्या गरेका हुन् ।
करिब ३ वर्षअघि सामाजिक सञ्जाल फेसबुक मार्फत मोहन र बबिताको चिनजान भएको थियो । त्यसपछि भेट हुँदै विस्तार यिनीहरुबीच प्रेम सम्बन्ध स्थापित भयो ।
तर, ३ महिनाअघि बबिताले अर्कै युवकसँग विवाह गरेपछि अन्तिम एक पटक भेट गरौं भन्दै मोहनले बबितालाई गत श्रावण २२ गते बिहान शिखर गेस्ट हाउसमा बोलाए र हत्या गरे ।
0 comments:
Post a Comment