जापानमा शक्तिशाली भूकम्प
उत्तरी जापानमा आइतबार ६.० रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । तर सो भूकम्पपछि सुनामी चेतावनी भने नदिइएको त्यहाँको मौसमविज्ञान सम्बन्धी निकायले जनाएको छ ।
उक्त भूकम्पको केन्द्रबिन्दु मियागी प्रान्तको तटीय क्षेत्रको समुद्रसतहदेखि ५० किलोमिटर गहिराईमा रहेको जनाइएको छ ।
यस भूकम्पबाट हालसम्म क्षतिको कुनै समाचार प्राप्त नभएको बताइएको छ । मियागी प्राप्तमै सन् २०११ को मार्चमा ९.० रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पपछि आएको सुनामीमा करिब १९ हजार व्यक्तिले ज्यान गुमाएका थिए । रासस

0 comments:
Post a Comment