Breaking News
Loading...
Thursday, August 22, 2013

डलरको भाउ १ सय ३ रुपैयाँ ५० पैसा

काठमाडौं, ७ भदौ । नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलरको भाउ दिन प्रतिदिन महङ्गो हुँदै गएको छ । एक अमेरिकी डलर खरिदका लागि नेपाली एक सय पाँच रुपैयाँ तिर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको भाउ नै १ सय ३ रुपैयाँ ५० पैसा तोकेको छ । बैंकहरुले १ सय पाँच रुपैयाँसम्म कारोबार गर्दै आएका छन् ।
अमेरिकी डलरसँग भारतीय रुपैयाँ हालसम्मकै कमजोर बन्दै गएपछि नेपाली रुपैयाँ पनि कमजोर बनेको हो । यो क्रम सेप्टेम्बर अन्तसम्म जारी रहने भारतीय रिजर्भ बैंकले जनाइसकेको छ । यही गतिले डलरको भाउ बढ्दै जाँदा भारतमा एक डलर खरिद गर्न ७० भारतीय रुपैयाँसम्म खर्चिनुपर्ने विश्लेषण गरिएको छ ।
डलर महङ्गो हुँदै जाँदा आयातमूखी नेपालको अर्थतन्त्र झन् दबाबमा पर्ने अर्थविद्हरुले बताएका छन् । यसको सबैभन्दा पहिलो असर मूल्यबृद्धिमा पर्ने छ । तेस्रो मुलुकबाट आयात हुने वस्तुहरुको मूल्य बढ्ने छ भने उच्च मूल्यबृद्धिको चाप परेको बेलामा यसले मूल्यबृद्धिलाई नयाँ उचाइमा पुर्याउने अर्थविद्हरुले विश्लेषण गरेका छन् ।

0 comments:

Post a Comment

Copyright © 2012 Dreamsansar.com All Right Reserved
Designed by Suman Ranabhat