सशस्त्रको पेट्रोल पम्पबाटै काठ तस्करी इन्सपेक्टरले पोले एआईजी
सशस्त्र प्रहरी बलले चितवनको टिकौलीमा सञ्चालन गरेको पेट्रोल पम्पबाट अवैध रूपमा काठ तस्करी हुँदै आएको खुलासा भएको आजको राजधानीमा खबर छ।
पेट्रोल पम्पमा कार्यरत सशस्त्र प्रहरीले अवैध काठ भण्डारण गरी बिक्री वितरण गर्ने गरेको सूचनाका आधारमा प्रमुख जिल्ला अधिकारी नरेन्द्र शर्मा र जिल्ला वन कार्यालयका प्रमुख (डीएफओ) को टोलीले शनिबार त्यहाँ छापा मारी भण्डारण गरिएका काठसमेत नियन्त्रणमा लिएको छ । छापा मार्न सशस्त्र प्रहरी बल गढीमाई गण भण्डारा चितवनका अधिकृतसमेत साथमा गएका थिए ।
स्रोतका अनुसार, काठ बरामद भएपछि सशस्त्र प्रहरी बल मुख्यालयले शनिबार नै प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुबोध अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले काठ बरामद घटनाले ‘सशस्त्र प्रहरीको छविमाथि नै प्रश्नचिह्न खडा गरेको’ भन्दै यथाशक्य चाँडो सत्यतथ्य विवरण पेस गरी कारबाही सिफारिस गर्न छानबिन समिति गठन गरेका हुन् । सो टोली शनिबार साँझ घटनास्थल पुगिसकेको छ । सशस्त्र प्रहरी बलले कल्याणकारी कोषमार्फत चितवनको टिकौलीका अलावा काठमाडौं, भक्तपुर र पोखरासहित चार ठाउँमा पेट्रोल पम्प सञ्चालन गर्दै आएको छ ।
टिकौलीमा भने सशस्त्र प्रहरी बलले सशस्त्रकै अतिरिक्त महानिरीक्षक (एआईजी) ऋषभदेव भट्टराईका काका माधव र अन्य एकजनाको साझे स्रोतका अनुसार जंगलको बीचमा रहेको सो पेट्रोल पम्पमा अवैध काठ भण्डार गरी फर्निचरसमेत बनाइने गरिएको थियो । ती फर्निचर काठमाडौंलगायत प्रमुख सहरमा बिक्रीका लागि लगिने गरिएको थियो । छापा मार्दा सतिसाल र सालको काठ बरामद भएको स्रोतले बतायो ।
यी काठका विभिन्न खालका फर्निचर बनाई खोलेर राखेको अवस्थामा थिए । १५ क्युफिट ती काठ करिब २ सय पिस रहेको बताइएको छ । सो पेट्रोल पम्पमा सशस्त्र प्रहरी निरीक्षक सन्तराम चौधरीको टोली खटिँदै आएको छ । उनले प्रमुख जिल्ला अधिकारी शर्मालाई ती काठ एआईजी ऋषभदेव भट्टराईको भएको र काठमाडौं पठाउन राखिएको बयान दिएको स्रोतले बतायो ।

0 comments:
Post a Comment