नेपाली नायिका उषा पौडेल हिन्दी चलचित्रमा
७ भदौ, काठमाण्डौं । साढे तीन वर्षदेखि मुम्बईमा संघर्षरत नायिका उषा पौडेल अव बलिउडको चलचित्रमा देखिने भएकी छिन् । ओस्कार बिजेता चलचित्र ‘स्लमडग मिलेनियर’मा देखिएका एक अभिनेता अंकुर विकलको जोडीको भूमिकामा उनले भर्खरै छायांकन सेको चलचित्रको शीर्षक हो ‘सुन लड्की’ । चलचित्रमा नायक तथा नायिका नयाँ छन् । उषा पौडेल उक्त चलचित्रकी मुख्य सहअभिनेत्री हुन् । ‘मेरो वास्तविक नाम रुक्मणी हो, त्यसैले उता पासपोर्टमा भएको नामबाटै चिनिएकी छु । कसैले रुक्मणी भन्छन्, कसैले रुकु त कसैले रुक्मा ।’ उषाले नाम बदल्नु परेको प्रसंग सुनाईन कान्तिपुर साप्ताहिकमा खबर छ ।
विगत डेढ महिनादेखि काठमाण्डौंमा रहेकी रुक्मणी अर्थात उषाले भनिन् ‘मुम्बईमा साढे तीन बर्ष संघर्ष गरेर अहिले स्थापित हुने क्रममा छु । अहिले दुईमहिनाजति कामबाट फुर्सद भएकाले आफ्नो घर फर्किएकी हुँ । यसपटकको मेरो बसाई नितान्त पारिवारिक र व्यक्तिगत भएकाले मैले फेसबुकमा नेपाल आइसकेको स्ट्याटस मात्र लेखेकी थिए । त्यही स्ट्याटसका कारण केही साथीभाइले कन्ट्याक्ट गर्नुभयो । मैले पनि नजिकका साथीहरुलाई भेटेँ । भेटघाटमै बित्यो डेढ महिना ।’ उनी आज मुम्बई जाँदैछिन् ।
महाकवी लक्ष्मीप्रसाद देवकोटाको कृति मुनामदनमाथि बनेको चलचित्रमा मुना भएर चर्चामा आएकी उषाले यहाँ चालीसवटा चलचित्रमा नायिका भएर काम गरिन् । यता स्थापित भैसकेकी उषा अनायासै मुम्बई पलायन भईन् । ‘मुम्बई पलायन हुने सोच थिएन । हरेक कलाकारको सपनाको मुम्बई फिल्म नगरी, म त्यो नगरीमा भाग्य परीक्षा गर्न गएकी थिएँ । ‘ अहिले उषा यो भाग्य परीक्षामा धेरै हदसम्म अघि बढिसकेको अवस्था छ ।
0 comments:
Post a Comment