Breaking News
Loading...
Friday, August 2, 2013

वैज्ञानिकहरुले बनाए कृत्रिम कान

अमेरिकी वैज्ञानिकहरु मानव कोषबाट कृत्रिम कानको विकाश गर्न सफल भएका छन् । सेल इन्जिनियरिङ क्षेत्रमा प्राप्त यो नविन उपलब्धी सँगै अब मानिस तथा जनावरको कोष प्रयोग गरी मानिसको कान तयार पार्न सकिने बताइएको छ ।
म्यासाच्युसेट्स जनरल हस्पिटलका शोधकर्ताहरुका अनुसार कृत्रिम रुपमा प्रयोगशालामा तयार पारिएको यो कानले पूरै रुपमा वास्तविक कानले जस्तै काम गर्न सक्छ ।

यो प्रविधिको माध्यमबाट भविष्यमा कान नभएका वा विभिन्न कारणले कान तथा श्रवण शक्ति गुमाएका मानिसहरुमा कानको प्रत्यारोपण सहित सुन्ने शक्ति समेत दिन सम्भव हुने दाबी वैज्ञानिकहरुको छ । मानिसको कोषबाट मात्र होइन भेँडाको सरीका कोषको प्रयोग गरेर पनि कृत्रिम कानको विकाश गर्न सकिने शोधकर्ताहरु बताउँछन् ।
कोषबाट मानिसको कानको विकाश गर्ने यस प्रविधिको अझै थप अनुसन्धान आवश्यक रहेको र ५ वर्षभित्रमा मानिसको सरीरमै प्रत्यारोपण गर्न सकिने कानको विकाश गर्न सकिने अपेक्षा वैज्ञानिकहरुको छ । स्मरण रहोस् वैज्ञानिकहरुले मानिसको कृत्रिम मृगौलाको विकाशका बारेमा पनि अनुसन्धान गरिरहेका छन् ।

0 comments:

Post a Comment

Copyright © 2012 Dreamsansar.com All Right Reserved
Designed by Suman Ranabhat