Breaking News
Loading...
Friday, September 13, 2013

साउदी अरबमा कृष्णमाया थिङलाई ठगीगरी दलाल दल बहादुर लिम्बु साउदीबाट फरार

करीब १० बर्ष अगाडी देखी साउदी अरब रियादको मलाजमा बस्दै (अल होकयर कम्पनीमा) काम गर्दै आएका त्तेह्रथुम जिल्ला, पान्थक गा.बि.स. वार्ड नं. ६ बस्ने दल बहादुर लिम्बुले मकवानपुर जिल्ला, भैसे गा.बि.स. वार्ड नं. २ बस्ने धन बहादुर घलानकी छोरी श्रीमती कृष्णमाया थिङलाई नगद ७,००० (सात हजार) साउदी रियाल तथा जिन्सी समान गरी जम्मा जम्मी नेपाली ३ लाख नेपाली रुपैंया ठगी गरी हालै फरार भएको भन्ने पीडित कृष्णमाया थिङले टेलिफोन संपर्क गरी जानकारी गराउनु भएकोछ ।

पीडितले जानकारी गराए अनुसार दलाल दल बहादुर लिम्बुसँग एकसाल अघीबाट टेलिफोनमा संपर्क भएको, संपर्कमा आउनु भन्दा पहिले दल बहादुर कृष्णमाया थिङसंगै एउटै घरमा काम गर्दै आएका इन्डोनेसियन युबती सँग फोन संपर्कमा रहेको र उक्त इन्डोनिसियन मार्फत नै फोन संपर्क भएको पीडितले बताएकी छिन । आफुले काम गर्ने घरमा आफु असुरक्षित भए पछी गुनासो सुनाउदा दलाल दल बहादुरले आंफुले राम्रो ठाउंमा काम लागाइ दिने भन्दै त्यस साउदीको घर बाट भगाई बथा नजिक कुनै नेपाली केटाहरु मात्र बस्ने कोठामा लिएर आएको, काम लगाइदिने भन्दै केटाहरु भएको ठाउमा पुर्याएपछी, कृष्णमायाले झगडा गर्न थालेपछी पुलिसले थाहा पाउंछ भन्ने संकाले तत्कालाई फेरी ट्याक्सिमा राखेर आफुलाई डा. सुलाइमान अल हबिब अस्पताल रियादमा महिनाको १,६०० साउदी रियालमा काम लगाइ दिएको बताएकिछिन । तर थिङ्ले लगातार ६ महिना सम्म काम गरे बापतको सबै तलब दलाल दल बहादुरले नै बुझेको, तलब कम्पनीमा माग्दा जस्ले काममा लागएको हो उसैले तलब बुझेको भन्ने जानकारी कम्पनिले दिए पछी पटक पटक दलाल दल बहादुरसँग पैसा माग्दा पैसा म सँग सुरक्षित छ, बरु सामान पनि पठाउने भए म पठाइ दिन्छु भनेपछी कृष्णमायाले थप सामान घर पठाइ दिन करीब २ हजार साउदी रियाल जतीको समान पनि भाईलाई दिनु भनी नेपाली दाजु भाईको नाताले विश्वाश गरी दिएको तर दल बहादुरले विश्वाशघात गरी समान सहित् बेपत्ता बनाएको पीडितले बताएकिछिन ।

पीडित चेली थिङ्ले गैर आबसिय नेपाली संघ साउदी अरब तथा नेपाली जनप्रगतिसिल मन्च साउदी अरबका केन्द्रिय उपाध्यक्ष डोर बहादुर कार्किलाई टेलिफोनमा करीब १५ दिन अगाडि जानकारी गराएपछी डोर बहादुर कर्किले तुरुन्त नेपाल जान सुझाव दिएपछी हाल उनी नेपाली दुताबास रियादको सेल्टरमा घर फिर्तिको पर्खाइमा रहेकिछिन । गैर आवासीय नेपाली संघ साउदी अरब तथा नेपाली जनप्रगतिसिल मन्च साउदी अरबका केन्द्रिय महासचिब जैबी राइले दुताबास सेल्टरमै पुगी कुराकानी गर्दा पीडित कृष्णमाया थिङले दिएको जानकारी अनुसार दल बहादुर लिम्बु एक महिना अगाडि देखी एक्कासी संपर्कबिहिन भए पछी खोज तलास गर्दा नेपाल गई सकेको भन्ने जानकारी पाएको भन्दै आबस्यक सहयोग गरी दिनुहुन अनुरोध गरेकी छिन । दलाल दल बहादुर लिम्बुको बिषयमा साउदी रियादमा ब्यापक खोजी गर्दा फेला नपरेको र निज दल बहादुर रियादको मलाज भन्ने ठाउमा १० बर्ष भन्दा अगाडि देखी नै (कफालत्)भिसामा एक साउदीको पसलमा काम गर्ने गरेको खुलेको छ भने निजले साउदी अरबमा साउदीको घरमा काम गर्दै गरेका नेपाली चेलीहरुलाई फोन संपर्क गरी, भगाई साउदीसँग संपर्क गरी काममा लगाइदिने गरेको र नेपालबाट पनि नेपाली पुरुष कामदारहरु पनि साउदी ल्याउने गरेको भन्ने जानकारी पाइएकोछ । तर को कतीलाई पीडित बनाएका छन भन्ने चाँही खुल्न सकेको छैन ।

साउदी सरकारले आम माफिको घोषणा गरे पश्चात रियाद दुतबासमा पटक-पटक गरी १२ जना जती नेपाली चेलीहरुलाई पुर्याइ दिएको भन्ने जानकारी पनि दुताबासमा महिला सेल्टर हेर्दै आउनु भएका दुताबासका कर्मचारीले बताउनु भएकोछ । एक नेपाली युवतिले मेरो श्रीमान उहां नै हो भनेर दाबी गरे पछी दुताबासमा महिला सेल्टर हेर्ने कर्मचारीले अब तपाईंलाई कारबाही हुन्छ भने पछी दुताबासको प्रांगणबाट भागे पछी फेरी फर्केर नआएको बताउनु भएकोछ ।

यसरी अनुमान गर्दा अन्य नेपाली चेलीहरु पनि निज दलाल दल बहादुरको मिठो आश्वासनमा पीडित भएको हुनसक्ने अनुमान गर्न सकिन्छ, तर दल बहादुर नेपाल पुगिसकेको हुनाले साउदी अरबमा फेला पार्न नसक्दा बिभिन्न सरोकारवाला साथै बिभिन्न संचार माध्यमहरुलाई पीडित नेपाली चेली कृष्णमाया थिङलाई सहयोग गरी दिनुहुन हामी हार्दिक अनुरोध गर्दछौं । पीडित कृष्णमाया थिङ हाल नेपाल फर्कने तयारीका साथ नेपाली दुताबासको सेल्टरमा पर्खाइमा छिन । दुताबासमा बुझ्दा अब केही दिन भित्रै भिसा लाग्ने बताएका छन । पीडितले दिएको दलाल दल बहादुरलाई चिन्ने ब्यक्तिहरुको नेपालको संपर्क नं. सम्म फेला पार्न सफल भएकोले दलाल दल बहादुर लाई यथासक्य सबै पक्षले उनलाई संपर्कमा ल्याइ आबस्यक अनुसन्धान गरी यदी दोषी ठहरिएमा कानुनी कारबाही गरी पीडितलाई उचित क्षतिपुर्ती दिलाई सहयोग गर्नहुन सबैलाई यसै लेखबाट अनुरोध गर्दछौं ।

नाम ठेगाना संपर्क:

नाम: दल बहादुर लिम्बु, जिल्ला: तेर्हथुम

गाउं बिकास समितिः पान्थक वडा नं. ६ (पहाड घर पान्थक् स्कुल नजिक हो भने सुनसरी इटहरी पशुपति बोर्डिङ स्कुल नजिक पनि निजको बसाई रहेको भन्ने खुलेकोछ) । सम्भाबित संपर्क गरी निजको बारेमा थप जानकारी पाउन सकिने संपर्क नं. ०० ९७७ ९८१३००५१०९ वा ०० ९७७ ९८४३५४१२०७ वा ०० ९७७ ९८१९०११०६२ हुन । यि सबै संपर्क नम्बरहरु पीडितकै सहयोगमा उपलब्ध भएका हुन ।

0 comments:

Post a Comment

Copyright © 2012 Dreamsansar.com All Right Reserved
Designed by Suman Ranabhat